माङसेबुङमा गुरु आत्मानन्द लिङ्देन शुभजन्मोत्सवमा सार्वजनिक बिदा - Mangsebung News
  • मङ्गलबार, फागुन १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा गुरु आत्मानन्द लिङ्देन शुभजन्मोत्सवमा सार्वजनिक बिदा

मंसिर १६, माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ शुभजन्मोत्सवमा सार्वजनिक विदा दिने भएको छ ।

माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जारी गरेको सूचना अनुसार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सवको अवसरमा मंसिर १८ गते सोमबारका दिन स्थानीय विदा घोषणा गरिएको हो ।

गाउँपालिकाभित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी र गैरसरकारी संस्थहरु र बैंक तथा वित्तीय क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।

अघिल्लो वर्षहरुमा समेत स्थानीय सरकार गठन भए यता गुरु लिङ्देनको जन्मोत्सवमा सार्वजनिक बिदा हुँदै आएको पालिका स्रेतले जानकारी दिएको छ ।

सम्बन्धित खवर