किरात लिपि र लिम्बू भाषामा नेपालकै पहिलो अनलाइन खबर सञ्चालनमा - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात लिपि र लिम्बू भाषामा नेपालकै पहिलो अनलाइन खबर सञ्चालनमा

मंसिर २०, माङसेबुङ । इलामबाट किरात लिपि र लिम्बू भाषामा नेपालकै पहिलो समाचारमूलक अनलाइन खबर सञ्चालनमा आएको छ ।

किरात मुन्धुमी सभ्यता भाषा, साहित्य र संस्कृति बिकासको अभियान भन्ने स्लोगनका साथ किरात चोःत्लुङ प्रालिको संचालन तथा सुनिल सेर्माको सम्पादनमा अनलाइन खबर सञ्चालनमा आएको हो ।

मंगलबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनद्वारा एक साथ www.mangsebung.com लेखिएको ब्यानर खोलेर अनलाइन खबरको उद्घाटन गर्नुभएको थियो ।

किरात लिपी र लिम्बू भाषामा समाचार सामग्री प्रकाशन गर्नेगरी अनलाइन खबर सुरु गरिएको सम्पादक सुनिल सेर्माले बताएका छन् ।

माङसेबुङ डट कम अनलाईन खबरको मुख्य कार्यालय माङसेबुङ ५ मा रहने जनाइएको छ ।

सम्बन्धित खवर