पुस ४, रोङ । चुलिढुंगा वाणिज्य प्रवर्द्धन समिति( चुलिढुंगा कृषि बजार) को अध्यक्षतामा सन्तोष कुमार राई सर्वसम्मत चयन भएका छन् ।
सोमबार रोङ गाउँपालिका ६, मा सम्पन्न प्रथम साधारण सभाले राईको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको हो ।
विक्रम राईको संयोजकत्वमा गठित युवराज राई र सुनिता वि.क सदस्य रहेको निर्वाचन समितिद्वारा सर्वसम्मत निर्वाचित उपाध्यक्षमा सुशिला थेबे,
सचिबमा दिल बहादुर लिम्बू सेसेमी,
कोषाध्यक्षमा पवित्रा देवी खवास र सह-सचिबमा अश्विन राई रहेका छन् ।
यसैगरी सदस्यमा ईन्द्र बहादुर राई, फुर्वा तामाङ, मिरादेवी राई, पुष्पलाल विक, मुनाकुमारी गोले र हर्कमान (हिरन) सुन्दास चयन भएका छन् ।
स्थानीय क्षेत्रको कृषि, पर्यटन र साँस्कृतिको विकास र प्रवर्द्धन गर्दै समाजिक रुपान्तरणका लागि सामाजिक एकता र सद्भावको विकासमा अभियान संचालन गरिरहेको यश संस्थाले स्थापना कालको ४ बर्षपछि सम्पन्न प्रथम साधारणसभाको अवसरमा आर्थिक प्रतिवेदन तथा भावि कार्ययोजना समेत प्रसतुत गरेका थिए ।
संस्थाका कोषाध्यक्ष पवित्रादेवि खवासले प्रस्तुत गरेको आय व्याय प्रतिवेदन बहुमतले अनुमोदन गरेको थियोे ।
संस्थाका सचिब दिलबहादुर लिम्बू सेसेमीद्वारा संस्थाको ओचित्य तथा भावि योजनाका सन्दर्भमा प्रकाश पर्दै यश सस्था कुनै संघ संस्था अथवा पाटी दलसंग प्रतिषपर्धा गर्न नभई गाउँ समाजको सामाजिक एकता, साँस्कृतिक र आर्थिक रुपान्तरणको लागि स्थापना भएकोले सबै सबैमा सहयोग गरिदिन अनुरोध गरेका थिए ।
रोङ गाउपालिका वडा नं. ६ का अध्यक्ष सत्यम राई चौरासेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चुलिढुंगा कृषि बजार र यश संस्थथाको विकास र प्रवर्द्धनका लागि आफू सहयोगी रहेको अवगत गराउनकै लागि आफू उपस्थित भएको बताए ।
उनले यश बजारको विकासका लागि योजना बनाउनुहोस भन्दै त्यो काम गर्न तयार रहेको संकल्प समेत गर्नु भयो ।
संस्थाका अध्यक्ष मनबहादुर राईको प्रतिकुल स्वाथ्यका कारण उपाध्यक्ष याममाया तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सल्लाहकार लाखबहादुर साँवा, दुर्गेश बेघा, दिवाकर राई, बिक्रम राई, स्थानीय समाजसेवी, शिक्षक तथा आम उपभोक्ताहरुको सहभागी रहेको थियोे ।
सदस्य मिरादेवी राईको स्वागत मन्तव्य रहेको कार्यक्रम सहसचिब अश्विन राईले संचालन गरेका थिए ।