चुम्लुङ दमक र कमलले आदिवासी रंगशालामा चासोक तङ्नाम मनाउने - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चुम्लुङ दमक र कमलले आदिवासी रंगशालामा चासोक तङ्नाम मनाउने

पुस ६, दमक । किरात याक्थुङ चुम्लुङ दमक नगर र कमल गाउँ समितिले संयुक्त रूपमा यस वर्षको चासोक तङ्नाम मनाउने भएका छन् ।

कमल ५ स्थित आदिवासी रंगशालामा संयुक्त रूपमा आयोजना गरिने बृहत् कार्यक्रममा चासोक तङ्नाम र ३१९ औँ सिरिजंगा सिंथेबे जन्म जयन्ती समेत मनाउने भएको हो ।

शुक्रबार दमकमा पत्रकार सम्मेलको आयोजना गरी कार्यक्रमबारे जानकारी दिदैं उधौली चाडको अवसरमा आगमी पुष १० गते चुम्लुङ दमक र कमलले तीन चरणमा विभिन्न कार्यक्रम सम्पन्न गर्ने जनाएको छ ।

किरात याक्थुङ चुम्लुङको संघीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यता रहने सो कार्यक्रममा अनुमानित पाँच लाख खर्च हुने बताइएको छ ।

चुम्लुङ दमकका अध्यक्ष देबेन्द्र चेम्जोङले बिहानको सत्रमा फेदाङ्बा विधि र किरात धर्म अनुसार सेवा गरेर नवागी पूजा सम्पन्न गरिने छ भने, बिहानको १० बजेपछि दिवा सत्रमा औपचारिक कार्यक्रम गरिने जानकारी दिए । त्यस्तै, दिउँसो ३ बजेपछिको समयमा बृहत् सांगीतिक कार्यक्रम हुने चेम्जोङको भनाइ छ ।

आदिवासी रंगशालामा हुने सो सांस्कृतिक कार्यक्रममा भ्वाइस अफ नेपाल किड्सकी फाइनलिष्ट रुक्साना लिम्बू, गायिका दीपा सुहाङ, गायक चोत्लुङहाङ केदेम, गायक कञ्चन थलङ, गायक दिलिप माखिम, गायक राजन पन्धाक, गायिका सुनिता मिभक, गायक निमा तामाङ र गायक हिामल लिम्बूले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने बताइएको छ । साथै, केलाङ (च्याब्ुङ) र येलाङ (धाननाच) कार्यक्रम आयोजना गरिने आयेजकको भनाइ छ ।

 

सम्बन्धित खवर