साहित्यकार रचना लावती पुरस्कृत - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साहित्यकार रचना लावती पुरस्कृत

पुस ७, दमक । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाद्वारा स्थापित नरेन्द्र  बहादुर-कमलादेवी स्मृति साहित्य पुरस्कारद्वारा साहित्यकार रचना लावती पुरस्कृत भएकी छन् ।

जिल्ला चुम्लुङहिममा शुक्रवार सम्पन्न जग्गा-भवनदाता नरेन्द्र बहादुर आङबोहाङको ९६ औं जन्म-जयन्ती समारोहमा साहित्यकार लावतीलाई पुरस्कृत गरिएको हो ।

समारोहका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संघीय सदस्य अमृत योङहाङले साहित्यकार लावतीलाई नगद ३ हजार सहित सम्मान-पत्र प्रदान गर्दै सम्मान गरेका थिए । यस्तै दाता नरेन्द्र बहादुर आङबोहाङकी कान्छी बुहारी लक्की थेबे आङबोहाङले लावतीलाई दोसल्ला ओडाएर सम्मान गरेकी थिइन् ।


लिम्बू/याक्थुङ भाषा र नेपाली भाषामा  कविता, गजल  र उपन्यास विधाका ८ वटा कृति प्रकाशन गरि दमक नगरमा कर्मक्षेत्र बनाई निरन्तर साहित्य यात्रामा अघि बढिरहेकी साहित्यकार रचना लावतीलाई २०८० को स्मृति साहित्यकार प्रदान गरिएको हो भने विगत वर्ष २०७८ सालमा साहित्यकार स्व. नरबहादुर योङहाङ (नवल फाइवाली) र २०७९ सालमा साहित्यकार सेसेमी से-नाल्वोलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

आजभन्दा ९६ वर्षअघि ताप्लेजुङ हाङपाङमा जन्मनुभई  झापा चारपाने हालको विर्तामोड नगर पालिका वडा नं. १ मा कर्मथलो बनाई स्थायी बसोबास गर्दै आउनुभएका स्व. नरेन्द्र बहादुर आङबोहाङ परिवारले किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखालाई १ कट्ठा ७ धुर जग्गामा भवन निर्माण गरि हस्तान्तरण गर्नुभएको हो ।

जग्गा-भवनदाता नरेन्द्र बहादुर आङबोहाङको भौतिक सम्पत्तिसहितको योगदानलाई उच्च मूल्याङकन गर्दै किरात याक्थुङ चुम्लुङ झापाले आङबोहाङको जन्मवारका दिन प्रत्येक वर्ष जन्म-जयन्ती मनाउने गर्दछ ।


यसै क्रममा यस वर्ष पुस ६ गते दाता आङबोहाङको ९६ औं जन्म-जयन्ती चुम्लुङका संघीय सदस्य अमृत योङहाङको प्रमुख आतिथ्यमा जिल्ला चुम्लुङहिममा स्थापित आङबोहाङ दम्पतिको शालिकमा फूलमाला अर्पण गरि जन्म-जयन्ती मनाइयो ।

जिल्ला चुम्लुङ अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा सम्पन्न जयन्ती समारोहमा प्रमुख अतिथि चुम्लुङका संघीय सदस्य अमृत योङहाङ, अतिथि राष्ट्रिय चुम्लुङ सदस्य जनबहादुर जवेगु, जिल्ला सदस्य शर्मिला आङदेम्बे, विर्तामोड नगर अध्यक्ष हिमालय प्रकाश कन्दङवा, विर्तामोड नगर वडा नं. का वडा चुम्लुङ अध्यक्ष योगेन्द्र कुरुम्बाङ, साहित्यकार रचना लावती लगायतले दाता आङबोहाङको योगदानको चर्चा गर्दै श्रद्धासुमन व्यक्त गरे ।

समारोहमा जिल्ला चुम्लुङ सदस्य तथा विर्तामोड नगर पालिका वडा नं. १ का वडा सदस्य योगचन्द्र आङबोहाङले दाता नरेन्द्र बहादुर आङबोहाङको जिवनी प्रस्तुत गरेका थिए भने  जिल्ला सह-सचिव शरण लोवाले स्वागत मन्तव्य राखेका थिए ।


विर्तामोड नगर सदस्य धनराज यक्शोको नेतृत्वको के:लाङ प्रस्तुतीले शोभायमान समारोहको कार्यक्रम जिल्ला सचिव प्रेमचन्द्र लिम्बूले सञ्चालन गरेका थिए ।

 

सम्बन्धित खवर