आसामबाट माङसेबुङमा आएका पदयात्रीलाई भव्य स्वागत तथा सम्मन - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आसामबाट माङसेबुङमा आएका पदयात्रीलाई भव्य स्वागत तथा सम्मन

पुस ९, माङसेबुङ । विश्व शान्तिको कामना गर्दै भारतको आसामबाट माङसेबुङ आइपुगेका पदयात्रीलाई निजि गुरुआश्रममा भब्य स्वागत तथा गरिएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको देव समुपस्थितिमा माङसेबुङ ५ स्थित निजि गुरु आश्रम दर्शनालयमा आइतबार कार्यक्रमको आयोजना गरी पदयात्रीहरुलाई भब्य स्वागत तथा सम्मान गरिएको हो ।

आसामको लाखिमपुर जिल्लाबाट मंसिर २ गते शनिबार धार्मिक पदयात्रा सुरु गरेका थिए । पदयात्रामा सुमन लोहोरुङ राई, पन्च बहादुर रुम्दाली राई, अमित कुमार साँबा र सन्त बहादुर मिभक रहेका छन् ।

अङसीमाङले चार जना पदयात्रीलाई फुलमाला लगाईदिनु भएर स्वागत गर्नुभएको थियो । सो अवसरमा मुहिङगुम अङसीमाङले आशीर्वाद आशीर्वचन समेत प्रदान गर्नुभयो ।

आसामबाट सुरु गरेको पदयात्राको ३६ औ दिनमा इलामको माङसेबुङ आइपुगेका पदयात्रीहरुलाई किरात चोत्लुङ मुहिङगुम अङ्सी माङगेन्ना समितिले सम्मान गरेको हो ।

उक्त कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङ, गुरु प्रवक्ता डिल्लीराम चाम्लिङ, गुरुनिजी सचीव टङक लिङ्देन, माङगेन्ना सचिव शक्ति साँबा तुम्याहाङकोरुपमा रहेको कार्यक्रम उदय विक्रम तुम्बापोले सञ्चालन गरेका थिए ।

 

सम्बन्धित खवर