सन् २०२४ कै पहिलो उल्का वर्षा आज हुँदै - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सन् २०२४ कै पहिलो उल्का वर्षा आज हुँदै

पुस १९, दमक । सन् २०२४ कै पहिलो उल्का वर्षा आज (बिहीबार) राति हुने भएको छ ।

नेपाली समय अनुसार आज राति ११:३० बजेबाट भोलि बिहान सूर्योदय अगाडिसम्म उल्का वर्षा हेर्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ ।

उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर पनि मनोरञ्जन लिन सकिने नासोको भनाइ छ ।

यस पटकको वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको समेत नासोले जनाएको हो ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्ने प्रक्रियालाई उल्का वर्षा भनिन्छ ।

उल्का वर्षालाई नेपाली लोक बोलीमा तारा खसेको भन्ने प्रचलन छ ।

सम्बन्धित खवर