पुस २२, दमक । निर्देशक, कोरियोग्राफर तथा अभिनेता दिनेश माङमु लिम्बूलाई मतृ शोक परेको छ ।
शनिबार काठमाडौंमा उपचारको क्रममा निर्देशक माङमुको ममतामयी आमा गौमती माङमुको ८० बर्षको उमेरमा निधन भएको हो ।
मृतक गौमती माङमुको भोलि सोमबार ताप्लेजुङ सिदिङबा २ सादेवा स्थित गाउँमा अन्तृष्टि कार्य गरिने पारिवारिक स्रोतले जनाएको छ ।
पुर्ण बहादुर माङमुसँग बैबाहिक बन्धनमा बाँधिएका उनको जन्म बि. स. २००१ साल असोज ५ गते शुक्रबारमा भएको थियो ।
सयौं म्यूजिक भिडियोमा निर्देशन तथा कोरियोग्राफी र दर्जनौं चलचित्रहरुमा सहयाक निर्देशन गरिसकेका निर्देशक माङमुले भर्खरै चलचित्र ‘युक्पुङ’ मार्फत चलचित्र निर्देशनमा डेब्यू गरेका छन् ।
चलचित्र ‘युक्पुङ’को प्रदर्शनको तयारी गरिरहेका निर्देशक माङमु मातृ शोकमा परेका हुन् । निर्देशक माङमु कल्चरल बिधामा कोरीयोग्राफी तथा निर्देशन गर्नमा अब्बल मानिन्छन् ।