पुस २४ माई । गएराति इलामको माई नगरपालिकामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् ।
माई नगरपालिका–६ को बिहीबारेका ३६ वर्षे दिलकुमार राईले छोरा १९ वर्षे जीवन राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले दिलकुमारलाई नियन्त्रणमा लिएको छ ।
मदिराका कारण भएको घरायसी विवादमा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेको जनाइएको छ ।
गम्भीर घाइते जीवनलाई तत्काल झापाको बिएन्डसी अस्पतालमा उपचारका लागि लगिएको र उपचारक्रममा उनको मृत्यु भएको डिएसपी प्रकाश जबेगूले बताए ।
जीवन स्थानीय भगवती माविमा कक्षा ११ मा अध्ययनरत थिए ।