लिम्बु साँस्कृतिक परिषद केन्द्रीय अध्यक्षमा सागर केरुङ निर्विरोध निर्वाचित - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बु साँस्कृतिक परिषद केन्द्रीय अध्यक्षमा सागर केरुङ निर्विरोध निर्वाचित

पुस २५ धरान । किरात याक्थुङ चुम्लुङको साँस्कृतिक विभाग लिम्बु साँस्कृतिक परिषद केन्द्रीय अध्यक्षमा सागर केरुङ निर्विरोध निर्वाचित भएको छ ।

बुधबार धरानस्थित चुम्लुङ्हिममा सम्पन्न समितिको चौंथो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा केरुङ्लाइ निर्विरोध निर्वाचित गरेको हो ।

यसरी नै उपाध्यक्षमा भवानी विक्रम सम्बाहाम्फे, कुमार हुक्पा चोङ्बाङ्, महासचिवमा कन्चन थलङ् र कोषाध्यक्षमा उदय बेघालाई निर्वाचित गरेको छ ।

सदस्यहरुमा दिलु सुब्बा, चईन धोज फोम्बो, डि.आर. हाङ्सरुम्बा, बबिन आङ्देम्बे, बौधमान हुक्पा चोङ्बा र डिक बहादुर थोक्लेन् लाई निर्वाचित गरेको छ ।

केहि पदाधिकारी र सदस्यहरु आगामी बैठकले मनोनीत गरिने निवर्तमान अध्यक्ष गोविन्द आङ्बुङ्ले बताए ।

 

सम्बन्धित खवर