पुस २५, पान्थर । पान्थरको नाम्भुननयक शिलौटीमा विश्व शान्ति मानव एकताका संवाहक राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा स्थापना हुने भएको छ ।
बुधबार शिलौटीमा आवस्थित महागुरु फाल्गुनन्द लिङ्देनको समाधीस्थल ध्वाजेडाडामा करिब ११ फुट अग्लो पुर्णकदको फाल्गुनन्द प्रतिमा स्थापनार्थ शिलन्यास गरिएको छ ।
फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुरसिङ नेम्बाङले एक साथ दीप जलन गरेर महागुरु प्रतिमा स्थापनार्थ शिलान्यास शिलन्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा फाल्गुनन्द गाउँपालिका २ वडा अध्यक्ष सन्तोष नेम्बाङ, सोही वडाका सदस्य बिरबहादुर नेम्बाङ, फिदिम नगरपालिका ३ का वडा अध्यक्ष नरेन्द्र गुरुङ, सिलौटी माङहिमका पुर्व माङ्सेवासाबा निलकुमार नेम्बाङ, गुरु निजि आश्रम कृषि तथा भौतिक निर्माण आर्थिक ब्यबस्थापन समितीका अध्यक्ष ताराबिर नेम्बाङ, किरात याक्थुङ पेभाकुम नेम्बाङ संजुम्भोका अध्यक्ष ननदकुमार नेम्बाङ, किरात प्रज्ञा प्रतिष्ठान सचिब भगिहाङ नेम्बाङ, लब्रेकुटी माङ्हिम माङ्सेवासाबा ध्रुब तुम्बापो, श्री सिलौटी नाम्भुनयक सामुदायिक बनका सहसचिव टेकबहादुर बम्जन, विभिन्न राजनीतिक प्रतिनिधि हरु, पान्थर, इलाम, ताप्लेजुङलगायतका भक्तजनहरुको उपस्थिति रहेको थियो ।
इलामको माङ्सेबुङ ५, मा अवस्थित माङ्सेबुङ हेरिटेज प्रा.लि.ले निर्माण गरेको करिब ११ फिट अग्लो फाल्गुनन्द प्रतिमा आजै शिलौटी ध्वाजेडाडा पुर्याएको शालिक निर्माण समितिले जनाएको छ ।