पुस २६, मिक्लाजुङ । पाँचथरको मिक्लाजुङ गाँउपालीका–३ आरुबोटेमा धारीलो हतियार प्रहार गरि एकजनाको हत्या भएको छ भने दूई जना घाईते भएका छन् ।
केहिबेर अगाडी भएको घटनामा स्थानिय गोमा फियाकको हत्या भएको जानकारी प्राप्त भएको छ । महेन्द्र श्रेष्ठ र कान्छीमाया फियाक घाइते भएका छन् ।
घाइतेलाई अस्पताल लैजान लागिएको वार्ड अध्यक्ष जिवन फियाकले जानकारी दिए ।
हत्यारा फरार भएको र घटना स्थलमा प्रहरी जादै गरेकाले केहि समय पछि विस्तृत विवरण आउने जिल्ला प्रहरी कार्यालय पाँचथरका इक्सपेक्टर दिवस कुवँरले जानकारी दिए ।