द भ्वाइस अफ नेपाल सिजन ५ को उपाधी इलामका बिनोद राईलाई - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

द भ्वाइस अफ नेपाल सिजन ५ को उपाधी इलामका बिनोद राईलाई

पुस २७, माङसेबुङ । द भ्वाइस अफ नेपाल सिजन ५ को उपाधी इलाम फाकफोकथुमका बिनोद राईले चुमेका छन् ।

शुक्रबार ललितपुरको गोदावरीमा अवस्थित सनराइज हलमा भएको ग्राण्ड फिनालेमा टिम मिलनको प्रतिनिधित्व गर्दै राईले द भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि चुमेका हुन् ।

उपाधि चुमेसँगै राईले भ्वाइसको ट्रफीको साथमा नगद २० लाख रुपैयाँ र थुप्रै पुरस्कारहरु हात पारेका छन् ।

यसैगरी बिजेता टिमका कोच मिलन नेवारले पनि बिजेता कोचको रुपमा ट्रफी हात पारेकी छन् ।

यस्तै फस्ट रनरअप टिम राजेशबाट मकर योञ्जन, सेकेन्ड रनरअप टिम उदयबाट कुमार प्रयास राई र थर्ड रनरअप टिम प्रमोदबाट नोगेन हाङसरुम्बा लिम्बू भएका छन् ।

फस्ट, सेकेन्ड र थर्ड रनरअपलाई समेत भ्वाइसको ट्रफी प्रदान गरिएको थियो ।

 

सम्बन्धित खवर