फुलुङगी र खत्रक्पाको बिकासको लागि पहलकदमी लिने प्रतिवद्धता जनाउदछु : वसन्तकुमार नेम्बाङ - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फुलुङगी र खत्रक्पाको बिकासको लागि पहलकदमी लिने प्रतिवद्धता जनाउदछु : वसन्तकुमार नेम्बाङ

माघ २, माङसेबुङ । प्रतिनीधिसभा सदस्य वसन्तकुमार नेम्बाङले आफ्नो निर्वाचन क्षेत्र नभएपनि धार्मिक क्षेत्र फुलुङगी र खत्रक्पाको बिकासको लागि पहलकदमी लिने प्रतिवद्धता जनाउने बताए ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको देव समुपस्थितिमा इलामको देउमाई नगरपालिका–९, माङसेबुङ गाउँपालिका–३ र माइ नगरपालिका १ को संगमस्थल खत्रक्पा फुलुङ्गीमा आयोजित माघे संक्रान्ती सत्यहाङमा शान्ति मकरस्नान लाघुङसेमी महान सेवा समारोहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङले सो कुरा बताएका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउन लाग्नुपर्ने समयमा गणतन्त्रको विकल्प खोज्नु उल्टो हिँड्नुसरह हो’ नेम्बाङले भने, ‘हज्जारौं जनताको बलिदानीबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै एकजुट हुने बेला आएको छ ।’

‘तपाईहरु यस धार्मिक क्षेत्रको विकास र प्रवर्द्धनका लागि सत्तापक्ष प्रतिपक्ष नभनी सबै पार्टीह रुजसरी मिलेर अघि बढ्नुभएको छ । त्यसको परिणाम पनि राम्रै आइरहेको छ’ उनले भने, ‘जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न देशका मुख्य पार्टीहरु पनि त्यसरी नै सहकार्य गर्न जरुरी छ ।’

जनताले चाहे क्षणभरमै परिवर्तन हुनसक्ने बताउँदै उनले अहिले जनताले राजतन्त्र र एकात्मक शासन व्यवस्थाको परिकल्पना समेत नगरेको दावी गरे ।

खत्रक्पा किरात धर्मावलम्बीहरुको महागुरु राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले तपस्या गरेको क्षेत्र हो । त्यस क्षेत्रलाई स्थानीयबासीले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिपरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य भेषराज आचार्य, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, माङसेबुङ ३, का अध्यक्ष लक्ष्यमण खम्बु जनम, माई नपा ७, का अध्यक्ष बुद्धि खनाल, वडा नम्बर १ का अध्यक्ष राम राई, किरात धर्म तथा साहित्य उथान संघ अध्यक्ष डकेन्द्रसिं थेगिम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

माघे सङ्क्रान्ति सत्यहाङ्मा शान्ति मकरस्नान लाधुङसेमी महान् सेवा समारोह अध्यक्ष लोकबहादुर लिङदेनको अध्यक्षतामा सम्पन्न कार्यक्रम सन्देश लिङ्देनले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर