दमकमा चुम्लुङको प्रशिक्षण सम्पन्न, संघीय अध्यक्ष येक्तेन अभिनन्दित - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा चुम्लुङको प्रशिक्षण सम्पन्न, संघीय अध्यक्ष येक्तेन अभिनन्दित

माघ ३, दमक । किरात याक्थुङ चुम्लुङको सांगठनिक सुदृढिकरण तथा वर्तमान परिप्रेक्ष्यमा चुम्लुङको भूमिका विषयक एकदिने प्रशिक्षण कार्यक्रम मंगलबार झापाको दमकमा सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनलाई अभिनन्द गरिएको छ ।

प्रशिक्षण कार्यक्रममा संघीय अध्यक्ष येक्तेनले किरात याक्थुङ चुम्लुङको उद्धेश्य, सांगठनिक ढाँचा, चुम्लुङको तहगत संगठनमा आबद्ध भई काम गर्नेहरूको काम, कर्तव्य, जिम्मेवारी, वर्तमान परिप्रेक्ष्यमा चुम्लुङको भूमिका, चुम्लुङको विधानमा व्यवस्था गरिएको विधि र विधानको सन्दर्भका महत्वपूर्ण विषयमा प्रशिक्षण गर्नुभयो ।

अध्यक्ष येक्तेनले प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको एक सङगठन सदस्यको रूपमा् क्रियाशिल संस्थाको रूपमा रहँदै आएको कुरा प्रष्ट पार्नुहुँदै आगामी दिनमा पनि उतिकै कृयाशिल रहँदै जाने कुरा प्रष्ट पार्नुभयो । आफू आबद्ध संस्थानै पहिचानको आन्दोलनमा होमिएको अवस्थामा तहगत रूपमा काम गर्ने जिम्मेवार कार्यकर्ताहरू चुपो लागेर बस्न नपाईने समेत बताउनुभयो ।

आफ्नो हक, अधिकार र पहिचानको मूद्धा बोकेर आन्दोलनको मैदानमा संस्था उत्रेर लडिरहँदा कार्यकर्ता भने आँखा चिम्म गरेर, कानमा तेल हालेर चुपचाप बस्नु ढूलो धोका हुने भएकोले पहिचानको आन्दोलनमा चुम्लुङका सम्पूर्ण कार्यकर्ताहरू होमिन आग्रह गर्नुभयो ।

सामाजिक वा जातीय संस्थाले राजनिती मुद्धा बोकेर अघि बढ्दा संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकमा कुनै आपत्ति नहुने कुरा प्रष्ट पार्नुहुँदै सिङगै मुलुकको समृद्धिको लागि अबको दिनमा चुम्लुङ पनि राजनैतिक चेतका साथ राजनीतिमा होमिनु युगले निम्त्याएको परिस्थिती हो भन्ने कुरा बुझ्न जरूरी रहेको कुरा बताउनुभयो ।

प्रशिक्षणमा आएका सवालमा युवा नेता लासाङ निङलेकु, पदम बेघा, प्रवास समिति मलेसियाका पूर्व अध्यक्ष मोहन माङथेवे, मनकुमार थलङ, सूर्यप्रसाद यक्पान्देन, बलनाथ नाल्वो लगायतले अत्यन्तै महत्वपूर्ण र सान्दर्भिक रूपमा सवाल जवाफ उठाउनुभयो ।

विभिन्न विषयमा उठेका सवालको जवाफ दिनुहुँदै अत्यक्ष येक्तेनले उठेका सवालको बारेमा स्पष्ट पार्नुभयो ।

कुसङ येले तङबे तथा कक्फेक्वा तङनाम–५०८४ को पावन अवसरमा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी बन्दै प्रशिक्षण दिन झापा पुग्नु भएका संघीय अध्यक्ष प्रेम येक्तेनलाई किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखा, दमक नगर शाखा र कमल गाउँ शाखाले संयुक्त रूपमा अभिनन्दन गरे । कार्यक्रममा उपस्थित चुम्लुङको पूर्व केन्द्रीय उपाध्यक्ष तथा वर्तमान जिल्ला सल्लाहकार धिरेन लावतीले येक्तेनलाई दोसल्ला ओडाएर अभिनन्दन गर्नुभयो भने जिल्ला अध्यक्ष सेसेहाङ फियाक, दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ र कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बूले संयुक्त रूपमा अभिनन्दन–पत्र हस्तान्तरण गर्दै अभिनन्दन गरे ।

प्रशिक्षण कार्यक्रममा किरात याक्थुङ चुम्लुङको सदस्य बनेका ७ जना संरक्षक सदस्य र ३० जना आजीवन सदस्यहरूलाई संघीय अध्यक्ष येक्तेनले सदस्यता प्रमाण–पत्र हस्तान्तरण गर्नुभयो ।
जसमा संरक्षक सदस्यहरू देवेन्द्र चेम्जोङ दमक–२, झापा, गंगासागर सेर्मा, दमक–५, झापा, दासमाया लिङदम दमक–५, झापा, कल्पना लिम्बू कमल–५, झापा, पदम प्रसाद हुक्पाचोङबाङ अर्जुनधारा–६ झापा र नन्दकुमार लिङदेनलाई सदस्यता प्रमाण–पत्र र सिलाम साक्माको लोगो हस्तान्तरण गरियो ।

आजीवन सदस्यहरूमा कमल शाखा अध्यक्ष दिवस लिम्बू कमल–७, कमल शाखाका पूर्व अध्यक्ष पुण्य सम्बाहाङफे कमल–७, जिल्ला सल्लाहकार सूर्यप्रसाद यक्पान्देन कमल–४, जिल्ला सदस्य दिव्यकला थेबे नाल्वो कमल–३, कियाचु लिम्बू सांस्कृतिक परिषद्का संघीय सदस्य तगा कमल शाखा सह–सचिव बविन आङदेम्बे कमल–५, कमल शाखा कोषाध्यक्ष शान्ता लावती लिम्बू, कियाचु वडा समिति कमल–७ का अध्यक्ष सुनाहाङमा आङदेम्बे, पहिचानवादी युवा नेता सुखराज (तेजु) आङदेम्बे लगायत दर्जनौ सदस्यहरूलाई सदस्यता प्रमाण–पत्र हस्तान्तरण गरियो ।

आयोजक संस्थाका अध्यक्ष सेसेहाङ फियाकले कार्यक्रमको औचित्य, महत्व, उपादेयताको बारेमा प्रष्ट पार्दै उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गरेका थिए भने दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङले धन्यवाद मन्तव्य राखेका थिए ।

किरात याक्थुङ चुम्लुङको संघीय सदस्य, राष्ट्रिय चुम्लुङ सदस्य, प्रदेश सदस्य, जिल्ला सल्लाहकार, जिल्ला पदाधिकारी टिम, नगर र गाउँ शाखाका पदाधिकारी सदस्यहरूको व्यापक उपस्थितीमा सम्पन्न कार्यक्रम फरक आयामका कवि साङसेन पन्दाकले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर