सावायेहाङ किरात खिबेक्वा याक्वा सेवाको तयारी पूरा - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सावायेहाङ किरात खिबेक्वा याक्वा सेवाको तयारी पूरा

माघ ४, माङसेबुङ । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महान सेवा समारोहको तयारी पूरा भएको छ ।

माघ १ गतेदेखि ८ गतेसम्म सप्ताहव्यापी भव्य रुपमा मनाउने गरी आयोजना गरिएको समारोह अन्तर्गत विहिबार (आज) विश्व शान्ति तथा मानव एकताको निमित किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न गरिएको छ । सो सेवामा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको समुपस्थिती रहेको थियो ।

सावायेहाङ खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महान समारोह समितिको आयोजनामा सप्ताह व्यापी आयोजना गरिएको कार्यक्रम शुक्रबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको समुपस्थितीमा प्रमुख अतिथिबाट समुद्घाटन कार्यक्रम हुने समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए । समारोह अन्तर्गत माघ ३ गते किरात साम्जिक मुन्धुम अनुसार साक्मुरा वादेम्मा (गाली श्राप बहन्ती) सम्पन्न भएको छ ।


सेवा समारोह अन्तर्गत शुक्रबार (भोलि माघ ५ गते) सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण समारोह प्रमुख अतिथिबाट समुद्घाटन, जातीय झाँकी प्रदर्शन, अतिथिबाट शुभकामना मन्तव्य, तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनबाट धन्यवाद आशीर्वचन प्रदान हुनका साथै साँझ बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको समारोह प्रचारप्रसार उप समिति किरात इङभो पान्जुम्भोले जनाएको छ ।

शनिबार (माघ ६) गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनबाट विशेष माङ आशीर्वचन हुने भएको छ । मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण गर्ने साथै संस्थागत धन्यवाद–पत्र वितरण र पुस्तक÷पुस्तिका विमोचन हुने कार्यक्रम समेत रहेको छ ।

त्यसैगरी भक्तजनहरुबाट संकलन गरिएको माङवाहाङवा (बीउविजन) लाई सेवा गरी मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङको हस्तबाहुलीबाट सबै भक्तजनहरुमा वितरण गरिने समारोहले जनाएको छ । भने साँझ बृहत सांस्कृतिक कार्यक्रम समेत सञ्चालन हुने समारोह सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले जनाएको छ ।


प्रकृतिपूजक किरात समुदायले भूमिमा खनजोत गर्न अघि प्रकृति (पञ्चतत्व) को सेवा गरी माङवाहाङवा मागेर सबै भक्तजनहरुमा माङवाहाङवा वितरण गर्ने प्रचलन अनुसार मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङ देव उपस्थितीमा हरेक वर्ष खिबेक्वा याक्वा सेवा (उभौली पर्व) को अवसरमा माङवाहाङवा (बीउविजन) वितरण हुने गरेको छ ।

सम्बन्धित खवर