माघ १३ गते झापामा संयुक्त सङघर्ष समितिको जागरण कार्यक्रम हुने - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माघ १३ गते झापामा संयुक्त सङघर्ष समितिको जागरण कार्यक्रम हुने

माघ ८, दमक । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङघर्ष समितिको प्रदेशव्यापी सङगठन प्रशिक्षण कार्यक्रमको घोषणा गरिए अनुरूप झापामा माघ १३ गते व्यापक रूपमा सङघर्ष जागरण (प्रशिक्षण) कार्यक्रम आयोजना गरिने भएको छ ।

संयुक्त सङघर्ष समितिका सङघीय नेताहरूको उपस्थितिमा माघ ८ गते विर्तामोडस्थित अतिथि सदनमा बसेको संयुक्त सङघर्ष समिति झापाको बैठकले माघ १३ गते प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

सङघीय सङघर्ष समितिका प्रतिनिधि सङघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले संघ र प्रदेश सहजीकरण समिति समेत गठन गर्ने प्रस्ताव पारित गरेको छ भने झापा जिल्लाका १० वटा क्षेत्रीय सङघर्ष समिति समेत गठन गर्ने निर्णय गरेको छ ।

संयुक्त सङघर्ष समिति झापाका संयोजक पाण्डवलाल चौधरीको संयोजकत्वमा बसेको बैठकले सङ्युक्त सङघर्ष समितिमा आबद्ध सम्पूर्ण सदस्य सङगठनका संघ–संस्था र राजनैतिक दललाई क्रियाशिल गर्ने गराउने र वडास्तरीयसम्म सङघर्ष समिति गठन गर्दै जाने निर्णय समेत पारित गरिएको जनाइएको छ ।

बैठकमा सञ्जुहाङ पालुङवा (अध्यक्ष – संघीय लिम्बुवान पार्टी ७ घटक), कुमार लिङदेन (अध्यक्ष– संघीय लोतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रीय समिति), धनबहादुर पन्दाक (अध्यक्ष– नागरिक उन्मुक्ति पार्टी प्रदेश समिति), सरू सिङगक (केन्दिय सदस्य– जसपा नेपाल), ज्ञानु इम्बुङ (बरिष्ठ उपाध्यक्ष– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रिय समिति), राजा आङथुप्पो (अध्यक्ष– संघीय लिम्बुवान मञ्च, झापा), जनबहादुर जवेगु (अध्यक्ष – लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा झापा), डा. भिम सुब्बा (सङघीय सदस्य– कियाचु सङघीय सदस्य), गणेश राई (अध्यक्ष – किरात राई यायोख्खा झापा), लक्ष्मी योङहाङ (अध्यक्ष– किरात धर्म तथा साहित्य उत्थान सङघ झापा), गौरीमान राई (सचिव – पहिचानका लागि युवा झापा), धनराज सुब्बा (उप–महासचिव – सङघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च के.स.), लक्ष्मण श्रेष्ठ ( सचिव – नेफिन झापा), अग्निमाया मेचे ( उपाध्यक्ष – जसपा सम्बद्ध लिम्बुवान राष्ट्रिय समिति), नरेन्द्र आङबुहाङ (अध्यक्ष – संघीय लिम्बुवान मञ्च विर्तामोड समिति), सेसेहाङ फियाक लिम्बू ( अध्यक्ष – कियाचु झापा) लगायतका प्रतिनिधीहरूको व्यापक उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर