पाँचथर फिदिमको मेची बोर्डिङमा लिम्बू भाषा पठनपाठन सुरु - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाँचथर फिदिमको मेची बोर्डिङमा लिम्बू भाषा पठनपाठन सुरु

माघ १४, पाँचथर । पाँचथरको फिदिम ४ मा अवस्थित मेची इङ्लिस बोर्डिङ स्कूलमा लिम्बु भाषाको पठनपाठन हुने भएको छ ।

आइतबार त्रिभुवन युनिभर्सिटीका उपप्राध्यापक तथा किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम येक्तेनको हस्तबहुलीबाट एक कार्यक्रमबिच उद्घाटन गरि सुरु गरिएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य दिलेन्द्र सुब्बा, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष तथा प्रदेश नं. १ पुनःनामांकन संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्रसिङ थेगिम, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पान्थरका अध्यक्ष सागर केरुङ, याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगु, फिदिम वडा नं. ४ का अध्यक्ष उपेन्द्र लावती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस शैक्षिकशत्रमा कक्षा ६ र ७ लाई अध्यापन गराउने र क्रमश कक्षाहरु बढाउदै लैजाने उक्त स्कूलका प्रीन्सिपल सीता सेलिङ्ले बताउनुभयो ।

भाषा शिक्षिकाको रुपमा अल्पाइन युनिभर्सिटी सिक्किमको लिम्बू डिपार्टमेन्टमा अध्यनरत केसामहाङमा नेम्बाङलाई नियुक्ति गरिएको सेलिङ्ले बताइन् ।

सम्बन्धित खवर