लिम्बू साँस्कृतिक परिषद् इलामको अध्यक्षमा विजय फागो, युवा मञ्चमा युवराज र फासिङ सजुममा विक्रम - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू साँस्कृतिक परिषद् इलामको अध्यक्षमा विजय फागो, युवा मञ्चमा युवराज र फासिङ सजुममा विक्रम

माघ २१, इलाम । लिम्बू साँस्कृतिक परिषद् इलामको अध्यक्षमा विजय फागो निर्वाचित भएका छन् ।

शनिबार इलाम सदरमुकाममा सम्पन्न विशेष जिल्ला अधिवेशनबाट फागोको अध्यक्षतामा सात सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित भएको छ ।

उपाध्यक्षमा विक्रम योङहाङ लिम्बू, सचिवमा सरोज जबेगू लिम्बू, सहसचिवमा सृष्टि कुरुम्बाङ, कोषाध्यक्षमा स्वस्तिका लिम्बू निर्वाचित भएका छन् ।

सदस्यमा सूर्य मोरोहाङ लिम्बू, कामना लिङदेन लिम्बू निर्वाचित भएका छन् ।

किरात याक्थुङ फासिङ सजुम अध्यक्ष देउप्रकाश खाम्दाकको अध्यक्षता र सांस्कृतिक परिषद्का संघीय सञ्चालक समिति अध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय सदस्यहरू सन्तोष नेम्बाङ र विष्णु तुम्बापो, जिल्ला अध्यक्ष बुद्धमाया सोङमी र सल्लाहकार गायत्री थेगिमलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

याक्थुङ युवा मञ्च इलामको अध्यक्षमा युवराज लिम्बू

यसैगरि याक्थुङ युवा मञ्च इलामको अध्यक्षमा युवराज लिम्बू निर्वाचित भएका छन् ।

नवनिर्वाचित उपाध्यक्षमा दुर्गा थेगिम, सचिवमा रेखा बेघा, सहसचिवमा कमला जबेगू, कोषाध्यक्षमा उमेश सेलिङ र सदस्यमा मिलन आङदेम्बे, भीमा लिम्बू, सारदा तुम्रोक र सबिना लिम्बू निर्वाचित भएका छन् ।

किरात याक्थुङ फासिङ सजुम इलामको अध्यक्षमा विक्रम सोङमी

यस्तै किरात याक्थुङ फासिङ सजुम इलामको अध्यक्षमा विक्रम सोङमी, उपाध्यक्षमा पदम ताम्लिङ, सचिव मुक्ति खाम्दाक, सहसचिव विनादेवी लिम्बू र कोषाध्यक्षमा रेनुका लिङदेन निर्वाचित भएका छन् ।

सदस्यमा भीम येक्तेन, छत्र सम्बाहाङफे, हर्क लिङदेन, हस्त फियाक, बलबहादुर चौबीसे, कृष्णकुमारी लिम्बू, मनप्रसाद लिङेदन, दुर्गा लिम्बू, विष्णु फोम्बो, सरिता लावती, नरबहादुर साउदेन, भीम लिम्बू निर्वाचित भएका छन् ।

सम्बन्धित खवर