रहेनन् संघका पुर्व बरिष्ठ उपाध्यक्ष देवदास राई - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रहेनन् संघका पुर्व बरिष्ठ उपाध्यक्ष देवदास राई

माघ २५, दमक । किरात धर्म तथा साहित्य उत्थान संघका पुर्व बरिष्ठ उपाध्यक्ष देवदास राईको निधन भएको छ ।

बुधबार सुर्योदय नगरपालिका ३, पशुपतिनगर कुट्टेबुङ स्थित आफ्नै निवासमा ९० बर्षको उमेरमा राईको निधन भएको किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्र सिंह थेगिमले जानकारी दिएका छन् ।

राईको शुक्रबार किरात धार्मिक संस्कार अनुसार पशुपतिनगर स्थित कुट्टेबुङमा अन्त्यष्टि कार्य गरिने पारिवारिक स्रोतले जनाएको छ ।

पत्रकारिता क्षेत्रमा नेपाल सरकारबाट सम्मानित किरात धर्मका अग्रज पत्रकार, लेखक तथा साहित्यकार देवदास राईको दर्जनौं कृतिहरु प्रकाशित छन् ।

किरात धर्म दर्शन, भाषा, लिपि, साहित्य, संस्कार र संस्कृतिको चिन्तन र प्रवद्र्धनमा जीवनभर आफुलाई समर्पण गरेका राई अन्तत अस्ताएका छन् ।

सम्बन्धित खवर