मुसाहाङ सङजुम्भोको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा विष्णुराज - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुसाहाङ सङजुम्भोको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा विष्णुराज

फागुन १८, संखुवासभा । किरात धर्म सम्बद्व किरात धर्मवलम्बी मुसाहाङ थरको धार्मिक संस्था किरात साम्यो याक्थुङ मुसाहाङ सङजुम्भोको दोस्रो अधिबेशनबाट मुसाहाङ विष्णुराजको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।

मंगलबार सङजुम्भोको १५ औं बार्षिक गालीश्राप बहन्ती, चोमेन सेवा पश्चात सम्पन्न दोस्रो अधिबेशनबाट उपाध्यक्षमा मुसाहाङ बाल कुमारी, सचिवमा मुसाहाङ मेनुका, सहसचिवमा मुसाहाङ सन्त बहादुर र कोषाध्यक्षमा मुसाहाङ अगमे निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा मुसाहाङ बुद्विलाल, सुष्मा कुमारी, मुसाहाङ दिलमाया, मुसाहाङ धनमाया, मुसाहाङ मिलन र मुसाहाङ छविलाल चयन भएका छन् ।

सल्लाहकारमा मुसाहाङ बीर बहादुर सेल्लोक्वा कान्छा,मुसाहाङ डिल्लीश्वर रहेका छन् ।

सङखुवासभा धर्मदेवी नगरपालिका वडा नम्बर १ मादुम्सिङमा २०८० फागुन १३ र १४ गते १५ औं बार्षिक गालीश्राप बहन्ती मादुम्सिङको थरी खोलामा र चोमेन सेवा मादुम्सिङको मुसाहाङ नारायणको आगनमा सम्पन्न गरेको छ ।

यसअघि इलाम, मोरङ, धनकुटा र पान्थरमा गरी १४ औं पटक सामुहिक सेवा गर्दै आएकोमा यसपटक १५ औं बार्षिक सेवा सङखुवासभामा पहिलो पटक सेवा सम्पन्न भएको हो ।

किरात साम्यो याक्थुङ मुसाहाङ सङजुम्भो अध्यक्ष मुसाहाङ डिल्लीश्वरको अध्यक्षतामा अध्यक्षतामा सम्पन्न सेवा तथा अधिबेशनमा इलाम, झापा, मोरङ, पान्थर, धनकुटा र सङखुवासभा जिल्लामा बसोबास गर्ने किरात धर्मलम्बी मुसाहाङहरुको उपस्तिथि रहेको थियो ।

सम्बन्धित खवर