सामाजिक सुरक्षा अपांग भत्ताको पर्खाइमा रेशु - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सामाजिक सुरक्षा अपांग भत्ताको पर्खाइमा रेशु

  • पदम सुखि सम्बाहाम्फे

चैत ३, कुम्मायक । कुम्मायक गाउँपालिकाको वडा नम्बर ३ ताम्राखुमा २०७३ सालमा जन्मिएकि रेशु सम्बाहाम्फे अपांग सामाजिक सुरक्षा भत्ताको पर्खाइमा छिन ।

उनका बुबा सुरेन्द्र सम्बाहाम्फे वैदेशिक रोजगारीको सिलसिलामा हाल यु, ए, इ, मा कार्यरत छन भने रेशुका आमा सबिना आङ्देम्बे सम्बाहाम्फे सङ्ग आमाछोरि ताम्राखुको कहालीलाग्दो ठाउँमा दिनचर्या गरिरहेका छन । अबोध बालिका रेशु २ बर्षको उमेर हुदा सम्म उनको सामान्य बोलि बुझिन्थ्यो तर त्यसपछि फेरि उनको बोलि बिस्तारै निस्कनै बन्द भएको उनका आमा सबिना बताउँछिन ।

७ बर्षकि रेशुलाई दैनिक स्याहार सुसार उनका आमा सबिनाले गरेको त छ नै तर छोरीले पाउने अपांग सामाजिक सुरक्षा भत्ता के कसरी प्राप्त गर्न सकिन्छ भन्ने बिषयमा आफुलाई केहि थाहा नभएको बताउछिन् । नजिकैको स्कुलमा दैनिक लान ल्याउन समेत समस्या भएकोले वडा कार्यलय सम्म आफ्नो समस्या लिएर जान फुर्सद नभएको सबिना बताउछिन् ।

वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम कार्कीले वडाको सिफारिस लिएर तुरुन्त गाउँपालिकाको कार्यलयमा सम्पर्क राख्न भनेका छ्न । अपांग सेवा समाज कुम्मायकसम्म यो समस्या पुगेको छैन । वास्तविक अपांग पहिचान गरि निज रेशुले राज्यबाट पाउने सेवा सुविधा सामाजिक सुरक्षा अपांग भत्ता पाओस् छिमेकीहरु बताउछ्न ।

सम्बन्धित खवर