गृहमन्त्री लामिछाने र संसद राउतद्वारा किरात धर्मगुरु भेटदर्शन - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गृहमन्त्री लामिछाने र संसद राउतद्वारा किरात धर्मगुरु भेटदर्शन

चैत १७, माङसेबुङ । उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग भेटदर्शन गरेका छन् ।

शुक्रबार इलामको माङसेबुङ ५ स्थित गुरु निजी आश्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती समेत रहेका गृहमन्त्री लामिछानेले किरात धर्मगुरुसँग मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग भेटदर्शन गरेका हुन् ।

भेटदर्शनमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता रमेश प्रसाई समेत सहभागी थिए ।

यसैगरि शुक्रबार नै जनमत पार्टीका अध्यक्ष तथा संघीय संसद डा.चन्द्रकान्त(सिके) राउतले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग भेटदर्शन गरेका छन् ।

आगमी बैशाक १५ गते इलाम २ मा हुनगईरहेको उपनिर्वाचन नजिकिदै गर्दा बिभिन्न राजनैतिक दलका शिर्ष नेताहरुद्वारा गुरु भेटदर्शन गर्ने क्रम बढ्न थालेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पत्रकार मिलन योङहाङलाई उम्मेदवार घोषणा गरेका छन् । यस्तै जनमत पार्टीको तर्फबाट इलाम २ मा नेता प्रेमदिप थाम्सुहाङलाई अघि सारेका छन् ।

गत भदौ २६ मा नेकपा (एमाले) नेता सुवासचन्द्र नेम्बाङको निधन भएपछि इलाम क्षेत्र २ को प्रतिनिधिसभा निर्वाचन क्षेत्र रिक्त भएको हो ।

सम्बन्धित खवर