केरुङ थेगिमहाङ बंश दाजुभाई तथा चेलीबेटी भेटघाट कार्यक्रम सम्पन्न - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

केरुङ थेगिमहाङ बंश दाजुभाई तथा चेलीबेटी भेटघाट कार्यक्रम सम्पन्न

चैत्र १९, झापा । केरुङ थेगिमहाङ बंशका दाजुभाई तथा चेलीबेटी भेटघाट तथा परिचयात्मक सहित भब्य बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

केरुङ चोत्लुङ सङजुम्भो चुलाचुली इलामको प्रमुख आयोजनामा झापाको शिबशताक्षी –१० दोमुखा पर्यटन पार्कमा चैत्र १७ गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा केरुङ बंशका अग्रज राजनीतिकर्मी,गितसङ्गितकर्मी,सामाजसेवी,सामाजिक ब्यक्तित्व लगायतको व्यापक उपस्थिति रहेको थियो।

केरुङ चोत्लुङ सङ्जुम्भोका केन्द्रिय सल्लाहकार अग्रज ब्यक्तित्व रमेश केरुङ को सभाध्यक्षता, केरुङ चोत्लुङ सङ्जुम्भोका निवर्तमान सल्लाहकार, नेपाली कांग्रेश पाँचथरका पुर्व जिल्ला सभापती नरेन्द्रकुमार केरुङ को प्रमुख आतिथ्यमा केरुङ चोत्लुङ सङजुम्भोका नवनिर्वाचित अध्यक्ष सुरेन शिशिर केरुङ, निवर्तमान अध्यक्ष तेज बहादुर केरुङ, थेगिम बंशावलीका लेखक भिम बिक्रम जबेगु, बंशावलीका प्रकाशक जनक शेन जबेगु, दिलिप जबेगु ‘मिर्मिरे साईला’ सहित बिशिष्ट थेगिम ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

सिक्किमबाट आमन्त्रित मौलिक गित–सङ्गित र बाद्यबादक कलाकार बि.बि. केरुङ को प्रस्तुतिले दर्शकलाई भरपुर मनोरन्जन दिलाएका थिए । त्यसैगरी गायक सिद्वान्त खडका, गायक राजेन्द्र केरुङको प्रस्तुतीले थप माहौल रोमाञ्चक बनेको थियो ।

झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, काठमाडौ लगायत सिक्किम, गेन्टोक बाट समेत केरुङ बन्धुहरुको उपस्थिती थियो ।

केरुङ बंशको उत्थान, सम्बर्द्धनको लागि चैत्र १५ गते मध्यराती मुक्तिकर्म सेवा, १६ गते माई खोलामा साक्मुरा वादेम्मा गालिश्राप बहन्ती कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा केरुङ बयोबृद्व हरुलाई दोषल्ला ओढाएर सम्मान गरिएको थियो साथै कलाकार, अग्रज, विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने लाई पनि दोशल्लाद्वारा सम्मान गरिएको थियो ।

मकानसेन सङदिहाङका सन्तान थेगिमहाङ का ४ छोराहरु

मकानसेनका २ सन्तान हरु जेठा सङदिहाङ (थेगिम) र कान्छा मयेनहाङ (योङ्हाङ) थिए । तिनै जेठा सङदिहाङ (थेगिमहाङ) का ४ भाइ छोराहरु जेठा जबेगु (हाङ्वासाङ), माईला हाङ्सरुम्बा, साईला केरुङ (हाङनोयम) र कान्छा थक्लिहाङ लाई थेगिम भनेर चिनिन्छ ।

तिनै थेगिमका सन्तान हरु अहिले ३३ पुस्ता सम्म पुगेको देखिन्छ ।

केरुङ बन्धु दाजुभाई चेलिबेटी हरु एकसाथ भएर सुखदुःख का कुराहरु बाँड्दै गर्दै आत्मियता कायम गर्न सकौँ भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको संयोजक तथा केरुङ बचत कोष चुलाचुलीका संयोजक सदस्य मणि कुमार केरुङले बताउनुभयो ।

हाम्रो बंशका विभिन्न क्षेत्रका वरिष्ठ तथा कनिष्ठ दाजुभाई–दिदिबहिनिहरु लाई हौसला र सम्मान गर्न समेत यस्तो कार्यक्रमले सघाउ पुर्याउने बिश्वास रहेको केरुङ चोलुङ सङ्जुम्भो चुलाचुलीका सचिव सागर केरुङले बताउनुभयो ।

बंशको उत्थानका निमित्त विभिन्न प्रकारका कार्यक्रम हरु ल्याउने कुरामा जोड दिदैँ जाने शुभेच्छा सहित अतिथिहरुले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

सम्बन्धित खवर