पान्थरको नाम्भुनयक शिलौटीमा २१ औं नेम्बाङ बार्षिक सेवा सम्पन्न - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पान्थरको नाम्भुनयक शिलौटीमा २१ औं नेम्बाङ बार्षिक सेवा सम्पन्न

चैत १९, पान्थर । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तपोभूमि एजम् समाधिस्थ स्थल पान्थरको ऐतिहासिक देवभुमि नाम्भुनयक सिलौटीमा २१ औं नेम्बाङ बार्षिक सेवा सम्पन्न भएको छ ।

किरात याक्थुङ पेभाकुम नेम्बाङ सङजुम्भोको आयोजनामा गत चैत १२ गते देखि १७ गते पाँच दिनसम्म आयोजना गरिएको २१ औं नेम्बाङ बार्षिक सेवा सम्पन्न भएको हो ।

नेम्वाङ वंश र मानव जगतको शान्ति, एकता, समृद्धि एवम् पापमोक्षका लागि सेवाको आयोजना गरिएको आयोजक किरात याक्थुङ पेभाकुम नेम्बाङ सङजुम्भोको अध्यक्ष नन्द कुमार नेम्बाङले बताए ।

याक्थुङ नेम्बाङ समाज नेपाल काठमाडौं, पेभाकुम नेङबाङ समाज झापा, थेबा माङहिम निर्माण समिति तमाखे पान्थर, थेबा माङ नेम्बाङ माङगेन्ना लुङधुङ तमाखे पान्थर, नेम्बाङ एकता समाज धरान सुनसरी, याक्थुङ नेम्बाङ समाज धनकुटा, याक्थुङ नेम्बाङ समाज खर्साङ भारत, याक्थुङ नेम्बाङ समाज मोरङ, याक्थुङ नेम्बाङ समाज अमेरिका, यङदेम्बा नेम्बाङ समाज पथरीशनिश्चरे मोरङ र याक्थुङ नेम्बाङ समाज फिदिम १२ र १३ वडा समितिको बिज्ञप्ती मार्फत निषेध, बिरोधका वावजुत २१ औं नेम्बाङ बार्षिक सेवा भव्य रुपले सम्पन्न भएको अध्यक्ष नेम्बाङले बताए ।

बार्षिक सेवाको पहिलो दिन चैत १२ गते फिदिम ७ तिदाङवा–आप्ताङवा सुम्वदो(त्रिवेणी)मा साकमुरा माङहुप वदेम्मा( गालीस्राप बहन्ती) सेवा सम्पन्न भएको थियो ।

यसैगरि चैत १३ देखि १६ गते सम्म सावायेत लाधुङसेमी सेवा(महायज्ञ) र दैनिक १००८ दीप प्रज्वलन महागुरु फाल्गुनन्द तपोभुमि एवम् समाधिस्थल नाम्भुनयक शिलौटीमा सम्पन्न भएको थियो ।

किरात धर्म तथा साहित्य उत्थान संघ पाँचथर जिल्ला अध्यक्ष ध्रुव तुम्बापोको प्रमुख आतिथ्यमा चैत १५ गते १००८ दीप प्रज्वलन, वार्षिक प्रतिवेदन र क्यालेन्डर सार्वजनिक, आर्थिक सहयोग दाताहरूलाइ धन्यवाद ज्ञापन र शारीरिक तथा मानसिक सहयोग दाताहरूलाइ प्रशंसा पत्र वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

यस्तै चैत १७ गते सावायेत लाधुङसेमी सेवा सँगै १००८ दीप प्रज्वलन गरेर २१ औं नेम्बाङ बार्षिक सेवाको समापन भएको गरिएको आयोजकका अध्यक्ष नन्द कुमार नेम्बाङले बताए ।

शान्ति एकता र समृद्धिका लागि आयोजना गरिएको सेवामा पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौं र भारतको सिक्किम र दार्जिलिङबाट समेत सहभागिता रहेको थियो ।

सम्बन्धित खवर