निर्वाचन आयोगले इलाम २ उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोक्यो - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्वाचन आयोगले इलाम २ उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोक्यो

चैत २०, इलाम । निर्वाचन आयोगले इलाम–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो ।

चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि मात्र मतदाता नामावली टुङ्ग्याउने जनाएको छ ।

उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचनका लागि आयोगमा लागि २० दल दर्ता भएका छन् ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न वितरणको कार्यक्रम छ ।

चैत २८ देखि वैशाख १२ सम्म प्रचारको अवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।

सम्बन्धित खवर