सबैभन्दा राम्रो उपयुक्त उम्मेदवार छान्न सहयोग गर्न आएको हुँ : मेयर हर्क साम्पाङ - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सबैभन्दा राम्रो उपयुक्त उम्मेदवार छान्न सहयोग गर्न आएको हुँ : मेयर हर्क साम्पाङ

चैत २२, माङसेबुङ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले आफु इलामसँग जोडिन माङसेबुङ आएको बताएका छन् ।

बुधबार इलामको माङसेबुङ ५ भालुटारमा सम्पन्न चुनावी आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका मेयर साम्पाङले स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमको समर्थनमा आफु इलामसँग जोडिन आएको बताएका हुन् ।

‘तपाईहरुको दुखमा सँगसँगै रुन र तपाईहरुको सुखमा सँगसँगै हाँस्न म माङसेबुङ आएको हुँ’ उनले भने, ‘सबैभन्दा राम्रो उपुयुक्त उम्मेदवार छान्न तपाईहरुलाई सहयोग गर्न आएको हुँ ।’

‘चुनाव भनेको विवेकको परिक्षा हो’ मेयर हर्क साम्पाङ भने, ‘सहि र गलत छुट्याउन सक्ने चेतनाको अवस्था नै विवेक हो ।’ उनले थपे, ‘सम्पुर्ण इलाम २ का जनताले बिगतलाई एकपटक फर्केर हेरेर अनि बल्ल सहि र गलत छुट्याएर विवेक पुर्याएर मतदान गर्नु होला ।’

हामी एउटै इतिहास एउटै सभ्यता बोकेको मान्छेहरु बिभक्त हुनुको सबैभन्दा पहिलो कारण पार्टी भएको बताउँदै मेयर साम्पाङले पार्टी भन्दा माथि उठेर स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्नुपर्ने बताए । जस्को लागि सबैभन्दा सक्षम र अनुभवी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम नै भएको उनले दाबी गरे ।

मेयर साम्पाङले स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई बेल्चा उपहार दिदैं तमा पहिचानबादी र श्रम संस्कृतिको मुद्धालाई उठान गर्ने प्रतिनिधि पात्रको रुपमा संघीय संसदमा छिर्नुहुनेछ भन्दै माटो छुवाएर कसम समेत खुवाएका थिए ।

सम्बन्धित खवर