ताप्लेजुङको सान्थाक्रामा महागुरु फाल्गुनन्दको प्रतिमा अनावरण तथा माङहिम उद्घाटन - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ताप्लेजुङको सान्थाक्रामा महागुरु फाल्गुनन्दको प्रतिमा अनावरण तथा माङहिम उद्घाटन

चैत २२, ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका २ सान्थाक्रा बाकुलेमा किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा अनावरण तथा नवनिर्मित माङहिमको उद्घाटन गरिएको छ ।

बिहिबार प्रदेश नं. १ का संसद खगेनसिंङ हाङगामको प्रमुख आतिथ्यमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा अनावरण तथा नवनिर्मित किरात मुजोत्लुङ युमा माङहिमको उद्घाटन गर्नुभएको हो ।

राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको ७५ औं स्मृति दिवसको अवसरमा किरात मुजोत्लुङ युमा माङहिम निर्माण समितिद्वारा आयोजित प्रतिमा अनावरण तथा माङहिम उद्घाटन कार्यक्रमको समुद्घाटन भने संसद हाङगामले गरेका थिए ।

विश्व शान्ति मानव एकता सकल प्राणी रक्षाको निर्मित येत नाम्धुङ लाधुङसेमी सेवा सँगै प्रतिमा अनावरण तथा माङहिम उद्धघाटन कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ले माङ आशीर्वचन गर्नुभएको थियो ।

प्रदेश नं. १ का संसद खगेनसिंङ हाङगामले सम्बोधन गरेको कार्यक्रममा मेरिङदेन गाउँपालिकाका अध्यक्ष युगहाङबीर हाङगाम, कञ्चनजंगा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बुले शुभकामना मन्तव्य राखेका थिए ।

किरात मुजोत्लुङ युमा माङहिम निर्माण समितिका अध्यक्ष रुपा साँबा चोङबाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वगत मन्तव्य सचिव कृष्ण गोपाल थाङदेन र सञ्चालन सरोज कङलिबाले गरेका थिए ।

सम्बन्धित खवर