अङसीमाङ अङसीमामाङद्वारा तोपाहाङ लिङ्देनको शालिक अनावरण - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अङसीमाङ अङसीमामाङद्वारा तोपाहाङ लिङ्देनको शालिक अनावरण

चैत २३, ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका लिम्बुदिन चित्रेडाडाँमा किरात धर्मका एक कर्मठ व्यक्तित्व, समाजसेवी साङदाङगेन वारुमसाबा स्वर्गीय तोपाहाङ लिङ्देनको शालिक बिहिवार अनावरण गरिएको छ ।

बिहिबार किरात धर्मगुरु मुहिङगुम अङ्सिमाङ आत्मानन्द लिङ्देन सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले स्वर्गीय तोपाहाङ लिङ्देनको शालिक अनावरण गर्नुभएको हो ।

हवाई मार्ग भएर ताप्लेजुङको चित्रेडाडाँमा शालिक अनावरण गर्न पुग्नुभएको अङ्सीमाङ तथा अङसीमामाङहरुले अमृतमय आशीर्वचन समेत प्रदान गर्नुभएको थियो ।

सिदिङ्वा गाउपालिकाका अध्यक्ष मानबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिदिङबा गाउँपालिका सातै वडाका अध्यक्ष लगायत पुर्व गाउँपालिका अध्यक्ष उपाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

लिङ्देन ०७४ सालमा सिन्चेइ फक्ताङलुङ तिर्थयात्रा जाने क्रममा ताप्लेजुङ जिल्लाको हालको सिदिङवा गाउँपालिका अन्तर्गत लिम्बुदिनको चित्रे डाँडामा नजिकै गाउँका एक आफन्तसँग साँझमा कुराकानी गर्दा गर्दै २०७४ असोज ६ गते निधन भएको थियो ।

लिङ्देनले देहत्याग गरेको स्थानमा उनको पूर्ण कदको शालिक निर्माण गरिएको हो ।

तोपाहाङ लिङ्देनको संक्षिप्त परिचय

जन्म : वि.सं. २००० माघ २ गते शनिबार (जीतपुर ८. पारिगाउँ, इलाम) मृत्युः २०७४ असोज ६ गते शनिबार (सिदिङबा ५. चित्रेडाँडा, ताप्लेजुङ)

जन्म कर्णीसको माहिला छोरा कछार्रास र फिपरानी ओदोको माहिला छोरा तोपाहाङ लिङ्देनको जन्म इलाम जिल्लाको पश्चिमी क्षेत्र देउमाई नगरपालिका ९ (साविक जीतपुर ८) को पारिगाउँमा २००० माघ २ गते शनिवार भएको थियो ।

विवाह र परिवार

जीतपुरवाट हालको माई नगरपालिका ६ (साविक महमाई १) पलाँसेमा २०२४ सालमा महमाई ४ हुँदै बसाई जानु भएको थियो ।

धुसेनी इलामका जीतवहादुर फियाक र काइलीमाया चाम्लिङकी छोरी कौशिमायासँग २०१८ सालमा विवाह भई ५ छोरा (वीरहाड, अम्बर, साजन, सरोज (सुरेश) र सन्देश) र ६ छोरी (पवित्रा लिड्दैन लाओती, अमृता लिङ्देन सांवा, भीममाया लिङ्देन, रञ्जना लिङ्देन कटुवाल, कमला लिङ्देन फागो र पुनम लिड्दैन राई) को बुवा हुनुभयो । जसमध्ये पवित्रा लिङ्देनको देहावसान भइसकेको छ ।

राजनीति

२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षको प्रचार प्रसार समिति सदस्य भई राजनीतिमा प्रवेश गरी इमाड८ को वडा अध्यक्षसमेत हुनु भयो ।

समाजसेवा तथा धार्मिक सेवा

किरात धर्मगुरू आत्मानन्द लिङ्देनबाट २०३० साल चैतमा किपटेमा दीक्षित हुनु भएको थियो । गुरूसँग पहिलो पटक भेट २०२७ सालमा गुरू फुलुङगीमा गुफा वस्नुहुँदा भएको थियो । त्यो बेला तत्कालीन इमाङ गाउँ पञ्चायत वडा नम्बर ८ को वडा वडा अध्यक्ष हुनुहुन्थ्यो । गुरू सुव्वावा मा सर्नुआंध कटेरो बनाउन सहयोग गर्नुभएको थियो ।

२०३५ सालमा तमाखे चुली सुनाइडदनदेनको वैठकमा सहसचिव भई सहभागी हुन भएको थियो। सोही वर्ष गुरुलाई पक्राउ पूर्जी जारि भएपछि आश्रमवाट राति नै महमाईको पाण्डीमा ल्याएर लुकाउनेमध्ये वहां एक हुनुहुन्थ्यो ।

गाउँवाट २०३४ देखि ३७ सालसम्म आश्रमका लागि रासनपानी संकलन गरेर लाने प्रमुख व्यक्ति हुनुहुन्थ्यो। २०४९ मा गुरु माङगेन्नाको उपाध्यक्ष भएर काम गर्नुभयो । यसैवीच महमाइको भगवती प्राथमिक विद्यालयको संस्थापक सचिव रही २०३२ देखि २०४७ अध्यक्ष हुनुभयो र विद्यालयको भवन निर्माणलगायत विभिन्न कार्यहरू गर्नुभयो ।

२०४२ फागुन २ गते पलाँसेमा किरात हाडसाम माहिमको संस्थापक अध्यक्ष भई माहिम निर्माण गर्नुका साथै सो माङहिममा २०४८ सालदेखि ८ वर्ष माङसेवासावाको जिम्मेवारी निर्वाह गर्नुभयो । २०५० सालमा किरात हाडसाम मुजोत्लुङ माङहिम निर्माण गर्दा मिस्त्री वनिनु भयो। सोही वर्ष भदौदेखि तेजवहादुर थलडवाट माङसेवासावा तालिम पनि लिनुभयो । २०५७ मा मुजोत्लुङ माडहिमको माङसेवासावामा नियुक्त भई २०७२ मंसिरसम्म नेतृत्व सम्हाली २०७३ देखि गुरूको ज्ञानभूमि फुलुङगीको रेखदेखको जिम्मेवारी वहन गर्नुभयो ।

अन्तिम क्षण

साधा जीवन उच्च विचारका वहाँले आफ्नो अभिभावकत्वमा हुर्काइरहेका माङसेवासावाहरूलाई आफ्नो मृत्यु घरमा नहुने वारम्वार वताएर आफ्नो मृत्युको पूर्वजानकारी नै दिने वहाँको त्यो भविष्यवाणी अन्ततः पूरा भयो । किरात धर्मगुरू आत्मानन्द लिङ्देन ‘सेइङ’सँग २०५९ सालमा आयु गाँसेका वहाँले देहत्याग गर्ने पर्ने भएकोले होला किरात धर्मावलम्वीहरूको मुक्तिस्थल माङचोत्लुङ सिन्चेइ फक्ताङलुङतर्फ जाने क्रममा ताप्लेजुङ जिल्लाको हालको सिदिङवा गाउँपालिका अन्तर्गत लिम्बुदिनको चित्रे डाँडामा नजिकै गाउँका एक आफन्तसँग साँझमा कुराकानी गर्दा गर्दै २०७४ असोज ६ गते आफ्नो जन्मवारमा नै यो लोकवाट सधैंको निमित्त विदा लिनु भयो ।

किरात धर्मको इतिहासमा वहाँको योगदान स्वर्ण अक्षरले सदैव अंकित हुनेछ । आज ६ वर्षपछि वहांले देहत्याग गर्नु भएकै स्थलमा निर्मित सालिकको अनावरण पूजनीय किरात धर्मगुरू आत्मानन्द लिङ्देन ‘सेइङ’ तथा गुरूआमा पवित्रहाङमा साँबा लिङ्देनवाट भइरहेको यस सुखद अवसरमा, वहाँको आत्माको चीर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली ।

सम्बन्धित खवर