देउकृष्णको निर्देशनमा पुर्वेली गित ‘गाउँ र बेशी’ र ‘सुनकेसरी’को छायाकंन सम्पन्न - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देउकृष्णको निर्देशनमा पुर्वेली गित ‘गाउँ र बेशी’ र ‘सुनकेसरी’को छायाकंन सम्पन्न

  • आन्छुमे नसान

चैत २४, पान्थर । निर्देशक देउकृष्ण लिंखा याक्खाको निर्देशनमा पुर्वेली गित ‘गाउँ र बेशी’ र ‘सुनकेसरी’ दूईवटा म्युजिक भिडियोको छायाकंन सम्पन्न सम्पन्न भएको छ ।

गायकद्वय राजशुक्र लिम्बू र प्रकास सावदेन र गायिकाद्वय स्वस्तिका सावदेन र टिना खालिङको आवाजमा पुर्वेली लोकभाकामा सजिएको गित ‘गाउँ र बेशी’को भिडियोको छायाकंन सम्पन्न सम्पन्न भएको हो ।


एस.पी. निङलेकुको शव्द तथा राजशुक्र लिम्बूको संगीतमा सजिएको गितको भिडियोमा उमेश राई(फुलेन्देको आमा) र बिमला खजुम लिम्बूले अभिनय गरेका छन् ।

यसैगरि गायिका सुनिता थेगिम र गायक समिर सिंगकको आवाजमा सजिएको गित ‘सुनकेसरी’ गिती चलचित्रको छायाकंन समेत सम्पन्न भएको छ ।

टि.आर. सेनेहाङको शव्द तथा समिर सिंगकको संगीत रहेको ‘सुनकेसरी’ गिती चलचित्रमा बिमला खजुम लिम्बू र रोमियो लिम्बूले अभिनय गरेका छन् । यस्तै निसाम तुम्बापो, टि.आर. सेनेहाङ, नुमा माबोहाङ लिम्बू, आधुनिक देवान, सिता रराई, रविन्द्र यक्सो लिम्बू, नुनाम केरुङ र सुजन तुम्बापो लिम्बूको समेत अभिनय रहेको छ ।

पान्थरको रमणियस्थल साधुटार र आसपासमा छायाकंन गरिएको दूईवटै भिडियोमा सुमन तामाङको ड्रोन तथा छायाकंन र कृष्ण सुबेदीको मेकअप रहेको छ भने, सम्पादन अनिल रानाले गर्ने भएका छन् ।

नेक्स्ट जेनेरेशन इन्टरटेनमेन्टको पोष्ट प्रडक्शनमा सुरेश राई याक्खाको कोरियोग्राफी तथा सजेष्ट घायल उदासी पायलको प्रडक्शन कन्ट्रोल रहेको दूईवटै भिडियो नयाँ बर्ष २०८१ को अवसर पारेर सार्वजनिक गर्ने निर्देशक देउकृष्ण लिंखा याक्खाले बताए ।

सम्बन्धित खवर