सेनेहाङ परिवारलाई किरात धर्म युकेद्वारा आर्थिक सहयोग हस्तान्तरण - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सेनेहाङ परिवारलाई किरात धर्म युकेद्वारा आर्थिक सहयोग हस्तान्तरण

चैत २६, युके । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेद्वारा मृतक चन्द्रध्वज सेनेहाङको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । दुःख पर्दा एक आपसमा सहयोग र सद्भाव राख्नु पर्दछ भन्ने उद्देश्यले समितिले सहयोग संकलन गरेर पीडित परिवारलाई उपलब्ध गराएको साहित्य उत्थान संघ युकेका सह सचिव ज्ञानु फुरुम्बो चरपेले बताएको छ ।

संघ युकेका सह सचिव ज्ञानु फुरुम्बो चरपेका अनुसार किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले संकलन गरेको रकम २ लाख ८६ हजार ४ सय रुपैयाँ मृतक सेनेहाङको श्रीमती धनमाया लिम्बुलाई ६ अप्रिल २०२४ शनिवारका दिन संघले हस्तान्तरण गरेको हो ।

पीडितको समस्या बुझेर किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युके समितिले किरात धर्मावलम्बी भक्तजनहरु समक्ष आर्थिक सहयोगका लागि व्यक्तिगत र संस्थागत रुपमा रुप अनुरोध गर्दै प्रिया खिम्दिङको संयोजकत्वमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको थियो ।

पारिवारीक स्थिति नाजुक रहेको र सेनेहाङ किरात धर्मावलम्बी भएको हुदाँ धार्मिक नाता, मानवीय सद्भावको हैसियतले सहयोग गरिएको किरात धर्म तथा साहित्य उत्थान राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङले बताउनु भएको छ ।

मृतक सेनेहाङ बृटिश आर्मिमा काम गरेर अवकाश भई जन्मभूमि ताप्लेजुङ जिल्ला पाथीभरा याङवरक गाउँपालिका चाक्सिबोटे आफ्नै गाउँमा बस्दै आउनु भएको थियो । पछिल्लो समय आफ्ना श्रीमती सहित बेलायत आइपुगेको एक हप्तामै उपचारको क्रममा उनको अस्पतालमा निधन भएको थियो ।

छोरा छोरी नेपालमा रहेको आफन्तहरु धेरै टाढा रहेको र आर्थिक अबस्था कमजोर भएको हुँदा दाह संस्कार गर्न चन्दा सहयोग संकलन गरिएको हो । संकलन भएको चन्दा रकमले सेनेहाङको डेडबोडी सत्गत गर्ने काममा खर्च गर्नका साथै अन्य भईपरि आउने समस्याहरुमा खर्च गरिने जनाइएको छ । मृतक सेनेहाङको डेडबोडिलाई १५ अप्रेल २०२४ मा अन्त्येष्टि गरिने मृतकका श्रीमती धनमाया लिम्बुले बताउनु भएको छ । सेनेहाङ ९० बर्षको उमेरमा निधन भएको हो ।

सम्बन्धित खवर