पत्रकारद्वय विक्रम सुन्दास र रीता राराहाङ राई पुरस्कृत - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पत्रकारद्वय विक्रम सुन्दास र रीता राराहाङ राई पुरस्कृत

बैशाक १, इलाम । इलामका दुई क्रियाशील पत्रकारद्वय विक्रम सुन्दास (तिलविक्रम दर्जी) र रीता राराहाङ राई पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ, इलाम शाखाले हरेक वैशाख १ मा प्रदान गर्दै आइरहेको आशिष स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सुन्दा र क्रियाशील महिला पत्रकारिता पुरस्कारबाट पत्रकार राई पुरस्कृत भएका हुन् ।

शनिबार सूर्याेदय नगरपालिकाको अन्तुडाँडामा आयोजित समारोहमा मेयर रणबहादुर राई, उपमेयर दुर्गाकुमार बराल, नेपाल पत्रकार महासंघ, प्रदेश समितिका कार्यवाहक अध्यक्ष लवदेव ढुंगानालगायतले पुरस्कृत सुन्दास र राईलाई सम्मान गरे ।

इलाम, झापा, पाँचथर र ताप्लेजुङ क्षेत्रका एक उदीयमान पत्रकारलाई प्रदान गरिने आशिष पुरस्कार यो वर्ष सुन्दासलाई प्रदान गरिएको हो ।

सुन्दास इलामकै चियाबारी एफएममा काम गर्दै अहिले फिक्कलबाट प्रसारण भइरहेको रेडियो बुद्धवाणी एफएमका समाचार शाखा प्रमुख छन् ।

यस्तै, राई करिब डेढ दशकयता पत्रकारितामा क्रियाशील छिन् । इलामको रेडियो नेपालवाणी एफएम, फिक्कल एफएम, इलाम एफएम, कान्तिपुर एफएम हुँदै उनी अहिले काठमाडौंको इन्डिजिनियस टिभी र इटहरीको सप्तकोशी एफएममा कार्यरत छिन् ।

सम्बन्धित खवर