दमकमा आजबाट केलाङ प्रशिक्षण सुरु - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा आजबाट केलाङ प्रशिक्षण सुरु

बैशाक ६, दमक । ‘अस्तित्व सँगै संस्कृतिको उत्थान, मौलिकता जोगाउनको निम्ति केलाङ प्रशिक्षण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आज बिहिबारबाट केलाङ प्रशिक्षण सुरु भएको छ ।

झापाको दमक स्थित किरात भवनमा याक्थुङ युुवा मञ्च दमक नगर कार्यसमिति र लिम्बू बिद्यार्थी मञ्च दमक बहुमुखी क्याम्पस शाखा समितिको संयुक्त आयोजनामा केलाङ प्रशिक्षणसुरु भएको हो ।

निशुल्करुपमा आयोजना गरिएको केलाङ प्रशिक्षण बैशाक ६ गतेदेखि बैशाक २१ गते सम्म १५ दिन सम्म दिनको ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

इच्छुक महानुभाहरुलाई उक्त केलाङ प्रशिक्षणमा सहभागीतको लागि समेत आयोजकले अनुरोध गरेको छ ।

 

सम्बन्धित खवर