पूर्व प्रधानमन्त्री झलनाथ खनालद्वारा किरात धर्मगुरु भेटदर्शन - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पूर्व प्रधानमन्त्री झलनाथ खनालद्वारा किरात धर्मगुरु भेटदर्शन

बैशाक ७, माङसेबुङ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग भेटदर्शन गरेका छन् ।

शुक्रबार इलामको माङसेबुङ ५ स्थित गुरु निजी आश्रममा पुर्व प्रधानमन्त्री खनालले किरात धर्मगुरुसँग मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग भेटदर्शन गरेका हुन् ।

भेटदर्शनमा प्रदेश नं. १ का भौतिक पुर्वाधार बिकास मन्त्री कमल प्रसाद जबेगु र प्रदेश नं. १ का पूर्व मन्त्री तथा संसद खिनु लङवा समेत सहभागी थिए ।

आगमी बैशाक १५ गते हुन लागेको इलाम २ को उपनिर्वाचन नजिकिन्दै जाँदा राजनीतिक दलका शिर्ष नेताहरुले किरात धर्मगुरुसँगको भेट दर्शनलाई बढाएका छन् ।

सम्बन्धित खवर