पूर्वी स्टारको ग्राण्ड फिनाले १३ बैशाकमा, प्रमोद खरेल आउने - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पूर्वी स्टारको ग्राण्ड फिनाले १३ बैशाकमा, प्रमोद खरेल आउने

बैशाक ७, धरान । गायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि सांगितिक क्षेत्रमा भविश्य स्थापना गर्ने उद्देश्यका साथ संचालन गरिएको ‘पूर्वी स्टार’ गायन प्रतियोगिताको ग्राण्ड फिनाले बैशाक १३ गते विहीबार हुने भएको छ ।

हाङ अनलाइन म्यूजिक प्रालिको व्यानरमा आयोजना भएको ‘पूर्वी स्टार’ गायन प्रतियोगिताको ग्राण्ड फिनाले धरान १५ स्थित किरात याक्थुङ चुम्लुङको प्राङगनमा दिउँसो २ बजेदेखि सुरु हुने भएको हो ।

धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यमा समापन हुने ‘पूर्वी स्टार’ गायन प्रतियोगिताको ग्राण्ड फिनालेमा विशेष आकर्षणको रुपमा लोकप्रिय गायक प्रमोद खरेलको प्रस्तुति रहने पूर्वी स्टार सिजन १ का प्रबन्ध निर्देशक टिआर सेनेहाङले जानकारी दिनुभयो ।

प्रबन्ध निर्देशक सेनेहाङका अनुसार पूर्वी स्टार सिजन १ का जजहरु सुनिता थेगिम, खगेन्द्र यक्सो र कुशल थलङको साथमा फाइनलिष्टहरुको समेत प्रस्तुति रहनेछ ।

प्रदेश नं. १ को ऐतिहासिक शहर धरानबाट संचालन भईरहेको पूर्वी स्टारको फिनालेका लागि टप ६ फाइनलिष्ट छनौट भएका छन् ।

टप ६ फाइनलिष्ट प्रतिभाहरुमा अरुण बराईली धरान, सागर तामाङ आसाम, विनय केदेम ताप्लेजुङ, शान्ति लिम्बू सिक्किम, फेसना राई धरान र वाइल्ड कार्ड मार्फत स्वस्तिका योङहाङ इलाम रहेका छन् ।

उपत्यका भन्दा बाहिर पहिलोपटक हुदै गरेको रियालिटी शो पूर्वी स्टारको बिजेताले नगद ४ लाखको साथमा सुनको सिक्री, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र प्राप्त गर्ने पूर्वी स्टार सिजन १ का कार्यक्रम संयोजक सुमन सानु कुरुम्बाङले जानकारी दिनुभयो ।

संयोजक कुरुम्बाङका अनुसार उपबिजेतले नगद एक लाख १ लाख ५० हजारको साथमा ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र र तेश्रो हुनेले नगद ५० हजार, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् ।

सम्बन्धित खवर