आईसीसी टी–२० विश्वकपका लागि नेपालको टोली घोषणा - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी टी–२० विश्वकपका लागि नेपालको टोली घोषणा

बैशाक १९, माङसेबुङ । आगमी जुन १ देखि वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपालको टोली घोषणा गरिएको छ ।

बुधबार नेपाल क्रिकेट संघ(क्यान)ले रोहितकुमार पौडेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी, अभिनाश बोहोरा, कमलसिंह ऐरी र सागर ढकाल रहेका छन् ।

नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालसँगै समूह ‘डी’ मा श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।

नेपाली टोली :

सम्बन्धित खवर