झापाको दमकमा १५ दिने केलाङ प्रशिक्षणको समापन सम्पन्न - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको दमकमा १५ दिने केलाङ प्रशिक्षणको समापन सम्पन्न

बैशाक २१, दमक । झापाको दमकमा याक्थुङ केलाङ सङजुम्भोको आयोजनामा १५ दिने केलाङ (च्याब्रुङ) प्रशिक्षण कार्यक्रमको समपन गरिएको छ

शुक्रबार झापाको दमक नगरपालिका वडा नम्बर १, येहाङनगर स्थित सिरिजङगा सामुदायिक भवनको प्राङ्गणमा एक कार्यक्रम गरी १५ दिने केलाङ प्रशिक्षणको समापन गरिएको हो ।

लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकका कुलपति सेसेमी से नाल्बोको प्रमुख आतिथ्यतामा समपन कार्यक्रमको उद्वघाटन प्रमुख अतिथि नालबोले च्याब्रुङ बजाएर गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नाल्बोसँगै याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल उपकुलपति लछामी सेर्मा पापो, किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य इक्सा सम्बाहाङ्फे, कियाचु दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङ, रुबाई मञ्च नेपाल केन्द्रीय अध्यक्ष राज कुमार सुब्बा अनिश्चित र प्रशिक्षक कुमार लाओती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समापन कार्यक्रममा याक्थुङ केलाङ सङजुम्भोका अध्यक्ष रचना लाओतीको अध्यक्षतामा, संचालन सचिव फुङमा तुम्रोकले गरेकी थिइन ।

गत बैशाक ७ गते देखि सुरु भएको केलाङ प्रशिक्षणमा जम्मा १९ जना प्रशिक्षार्थीहरुले सहभागीता जनाएको सङजुम्भोका अध्यक्ष लावतीले वताइन ।

सम्बन्धित खवर