धरानमा याक्थुङ कुरुम्बाङ सङजुम्भो हिमको शिलन्यास - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धरानमा याक्थुङ कुरुम्बाङ सङजुम्भो हिमको शिलन्यास

बैशाक २२, धरान । सुनसरीको धरान उपमहानगरपालिका ५, आँप टारमा याक्थुङ कुरुम्बाङ सङजुङभो हिम निर्माणको लागि शिलन्यास गरिएको छ ।

शनिबार प्रमुख अतिथि वडा नम्बर ५ का वडाध्यक्ष मनप्रसाद थलङ र याक्थुङ कुरुम्बाङ सङजुङभोका केन्द्रीय अध्यक्ष तेजेन्द्र कुरुम्बाङले कुरुम्बाङ सङजुङभो हिमको शिलन्यास गरेका हुन् ।

कुरुम्बाङ सङजुङभो हिम निर्माणको लागि अनुमानित लागत एक करोड ५० लाख रुपैयाँ लाग्ने याक्थुङ कुरुम्बाङ सङजुङभोका केन्द्रीय कोषाध्यक्ष तथा सङजुम्भो हिम निर्माण समितिका संयोजक हर्कजङ कुरुम्बाङले बताए ।

अनुमानित आर्थिक प्रतिवेदन प्रस्तुत गर्दे संयोजक कुरुम्बाङले उक्त सङजुम्भो हिम निर्माणको लागि अहिलेसम्म विश्व भरि छरिएर रहेका कुरुम्बाङहरुबाट ६० लाख रुपैयाँ आर्थिक संकलन भईसकेको बताए ।

कार्यक्रममा नेपालको बिभिन्न जिल्लाहरुबाट र नेपाल बाहिरको हकमा युके र हङकङबाट समेत कुरुम्बाङ दाजुभाई तथा दिदीवहिनीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर