माङसेबुङमा नयाँ बुलन्दको आठौ वार्षिक उत्सव मनाईयो, नयाँ बुलन्दकर्मी प्रकाश नेपाल पुरस्कृत - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा नयाँ बुलन्दको आठौ वार्षिक उत्सव मनाईयो, नयाँ बुलन्दकर्मी प्रकाश नेपाल पुरस्कृत

बैशाक ३१, माङसेबुङ । बुलन्द मल्टिटेनिकल मिडिया प्रा.लि इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको आठौ वार्षिक उत्सव मनाईएको छ ।

सोमबार इलामको माङसेबुङमा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईको प्रमुख अतिथ्यमा बिभिन्न कार्यक्रमको आयोजना गरि आठौ वार्षिक उत्सव मनाईएको हो ।

नयाँ बुलन्द डटकमको आठौ वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्दकर्मी एबम् इलामका क्रियाशील पत्रकार प्रकाश नेपाल पुरस्कृत भएका छन ।

हिमालय टाईम्स राष्ट्रिय दैनिकका र इमेज टेलिभिजनका जिल्ला संवाददाता तथा नयाँ बुलन्द डटकमका उपसम्पादक समेत रहेका नेपाल नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार –२०८१ बाट नेपाल पुरस्कृत भएका हुन ।

नेपाललाई प्रमुख अतिथी माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले नगद १० हजर रुपैयाँ सहित दोसल्ला र सम्मानपत्रले सम्ममान गरेका थिए ।

यसैगरि नयाँ बुलन्दले प्रकाशन गरेको सन्देशमूलक वार्षिक भित्तेपात्रो (क्यालेण्डर) २०८१ सार्वजनिक गरिएको कार्यक्रममा संघीयता प्रवर्द्धनमा पत्रकारिता र स्थानीय तहको सहकार्य विषयक अन्तक्रिया कार्यक्रम समेत गरिएको थियो ।

सम्बन्धित खवर