जेठ १, माई । इलामको माई नगरपालिका–६ मा काबेली करिडोरको ट्रान्सफर्मर जडान गर्ने क्रममा अचानक करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा माई नगरपालिका ६ का ३१ वर्षीय शक्तिकुमार राई रहेका छन् ।
बेलुका ७ बजेतिर करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि माई अस्पताल लगिएको र उपचारक्रममा उनको मृत्यु भएको इलामका डिएसपी प्रकाश जबेगूले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।