स्विडण्नमा उभौली खिबेक्वा याक्वा सेवा २५ मेमा हुने - Mangsebung News
  • शुक्रबार, साउन ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्विडण्नमा उभौली खिबेक्वा याक्वा सेवा २५ मेमा हुने

  • ज्ञानु फुरुम्बो लिम्बू ‘चरपे’

जेठ २, बेलायत । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतको आयोजनामा स्विडण्नमा उभौलि खिबेक्वा याक्वा सेवा आप्लुङगेन्न ताङसेप चोमेन सेवा हुने भएको छ ।

२५ मे २०२४ शनिवारका दिन हुने खिबेक्वा, याक्वा आप्लुङगेन्न ताङसेप चोमेन सेवामा बेलायतको विभिन्न ठाउँमा बसोबास गर्दै आएका सम्पुर्ण किरात धर्मलवम्बी तथा शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा सेवा हुने संयोजक तथा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष नन्दा चेम्जोङले जानकारी दिएका छन् ।

बिगत लामो समय देखि हरेक बर्ष बेलायतमा बस्ने सम्पुर्ण किरात धर्मलवम्बीहरुले मौलिक परम्परा अनुसार खिबेक्वा याक्वा सेवा तथा, आप्लुङगेन्न, ताङसेप चोमेन सेवा साथै विश्व शान्ति मानव एकता सकल प्राणी रक्षार्थ र विश्व मानव जगत कल्याणका लागि किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समितिले आयोजना गर्दै आएको कार्यक्रम मध्ये खिक्वा याक्वा सेवा पनि एक महत्पुर्ण भएको किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतका अध्यक्ष राजेन्द्र खिम्दिङले बताए ।

यस सेवा कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि लगायत विभिन्न समाजिक संघ संस्थाका प्रतिनिधीहरुलाई अथितिको रुपमा बोलाएर किरात धर्म दर्शन, संस्कर, सांस्कृतिक र महागुरु फाल्गुनन्दका महाउपदेश, मार्ग दर्शन तथा बर्तमान किरात धर्म गुरुगुरुआमाहरुको मार्ग दिशा र खिबेक्वा याक्वा सेवाको महत्व, बिशेषताको बारेमा बिगतका दिनहरु देखि सुनाउने गरिएकोले यो पटक पनि कार्यक्रमको सधैकै ढाचामा खिबेक्वा, याक्वा, ताङसेप सेवा सञ्चालन हुने अध्यक्ष खिम्दिङले बताए ।

किरात साम्जिक मुन्धुम, संस्कार विधि अनुरुप हुने सेवा कार्यक्रममा साक्मुरा वदेमा, पाखामाङ, साम्माङ, च्याङ ताम्भुङ तेला, सावायकोक्मा, सावा येतवरक, हिममाङ, थेबा, युमा माङ, अवामा, सावायेत माङ, साम्माङ, च्याङहरुको सेवाका साथै लाधुङ नाम्धुङ सेवी सेवा जस्ता महत्वपुर्ण सेवा माङसेवा साबाद्वारा किरात साम्जिक मुन्धुम हेना (बाचन) हुने किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतका सल्लाहकार तथा माङसेवासावा बिभागीय प्रमुख मंगल सिं लिङदेनले बताए ।

स्विडण्नमा हुन गईरहेको खिबेक्वा याक्वा आप्लुङगेन्न ताङसेप चोमेन सेवालाई सफलतापुर्बक सम्पन्न गर्न किरात धर्म साहित्य उत्थान सघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष लाल लिङदेन, उपाध्यक्ष नन्दा चेम्जोङ, संस्थाका प्रमुख सल्लाकार राम सिंथेबे, आशा थोप्रा, लगायत स्विडण्न बासी भक्तजनहरुको बिषेश ब्यबस्थापनमा सेवा कार्यक्रम हुने भएको छ ।

बिहान ६ बजेबाट माङसेवासावा, माङसेवासामाहरुद्वारा किरात साम्जिक मुन्धुम बाचन गरि उभौली याक्वा खिबेक्वा सेवा प्रारम्भ हुने छ ।

सम्बन्धित खवर