माङसेबुङ गापाद्वारा ९ वटा आधारभूत विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ गापाद्वारा ९ वटा आधारभूत विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण

जेठ २, माङसेबुङ । पालिकाभरका विभिन्न ९ वटा आधारभूत विद्यालयलाई माङसेबुङ गाउँपालिकाले कम्प्युटर र प्रिन्टर वितरण गरेको छ ।
पालिकाका विद्यालयहरुलाई आर्थिक वर्ष २०८०÷०८१ को अध्यक्ष विकास कोषबाट कम्प्युटर र प्रिन्टर वितरण गरिएको हो ।
‘सामुदायिक विद्यालयहरुको लेखा तथा जिन्सि सामग्री व्यवस्थापनमा यस कार्यले थप मद्दत गर्ने विश्वास लिएका छौं’, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले भने ।
अध्यक्ष राईका अनुसार अघिल्ला आर्थिक वर्षहरुमा समेत सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने लक्ष्य अनुरूप कम्प्युटर र प्रिन्टर वितरण गरिँदै आइएको छ ।
यस कार्यक्रममा आधारभूत विद्यालयहरुलाई प्राथमिकतामा राखेर सामग्री वितरण गरिएको हो ।
पालिकाका सिंहेश्वरी आ.वि., माङमालुङ आ.वि., खाम्नुवा आ.वि., सिंहदेवि आ.वि., बालदिप आ.वि., पवित्रा आ.वि., मण्डिकाआ.वि., जनज्योति आ.वि. र जयश्वरी आ.वि. ले कम्प्युटर र प्रिन्टर प्राप्त गरेको माङसेबुङ गाउँपालिका प्रवक्ता सुसन राईले जानकारी दिए ।
पालिका केन्द्र इभाङमा आयोजित सो कार्यक्रममा माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद चौहान, वडा नम्बर ६ अध्यक्ष प्रदिप साम्पाङ, वडा नम्बर २ अध्यक्ष कृष्ण बहादुर बस्नेत, शिक्षा शाखा प्रमुख वुद्धि खतिवडा लगायत सहभागी थिए ।

सम्बन्धित खवर