गायक तथा संगीतकार जेपी नेम्बाङलाई मातृ शोक - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायक तथा संगीतकार जेपी नेम्बाङलाई मातृ शोक

जेठ ८, पान्थर । गायक तथा संगीतकार जेपी नेम्बाङको ममतामयी आमा लावती मनमाया नेम्बाङको निधन भएको छ ।

पान्थरको फाल्गुनन्द गाउँपालिका ५, साविक फाक्तेप ७ स्थित निजी निवासमा मंगलवार विहान ८ वजे ६३ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार नेम्बाङ विगत लामो समयदेखि क्यान्सर रोगबाट पिडित थिईन ।

मृतक नेम्बाङको भोलि बुधबार किरात धार्मिक कर्म संकार अनुसार अन्त्यष्टिकार्य गरिने पारिवारिक स्रोतले जनाएको छ ।

अन्त्यष्टिकार्यमा सम्पुर्ण आफन्तजन, कुल कुटुम्ब, मामामावली र शुभचिन्तक महानुभाहरुमा मलामीमा सरिक भइदिन शोकाकुल परिवाजनबाट अपिल समेत गरिएको छ ।

सम्बन्धित खवर