इलामको माङसेबुङमा उद्घोषण तालिम सुरु - Mangsebung News
  • आइतबार, असार ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको माङसेबुङमा उद्घोषण तालिम सुरु

जेठ ८, माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकामा पाँच दिने आधारभूत उद्घोषण तालिम सुरु भएको छ ।

वडास्तरीय महिला समन्वय समितिको आयोजनामा मंगलबार देखि माङसेबुङ ६, चिसोपानी स्थित बाँझो स्वास्थ्य कार्यालयको सभाहलमा उक्त तालिम सुुरु भएको हो ।

माङसेबुङ गाउँपालिका वडा नं. ६ को आर्थिक सहयोगमा आयोजना गरिएको तालिममा वडाका १८ जना महिलाहरुको सहभागिता रहेको समितिका सचिव निर्मला राईले बताईन् ।

वडास्तरीय महिला समन्वय समिति वडा नं. ६ को आयोजनामा महिला क्षमता विकास कार्यक्रम अन्तर्गत उद्घोषण तालिमको आयोजना गरिएको समितिका अध्यक्ष कल्पना वानु राईले बताईन् ।

वडास्तरीय महिला समन्वय समितिका अध्यक्ष कल्पना वानु राईको अध्यक्षतामा तथा माङसेबुङ गाउँपालिका ६ का वडाध्यक्ष प्रदिप साङपाङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा पालिकाका प्रवक्ता सुसन राई, कार्यपालिका सदस्य पुनम राई, सुचना तथा प्रविधि अधिकृत ओमप्रकाश खड्का, महिला तथा बालबालिका शाखा प्रमुख लता चालिसे, वडासचिव चिरञ्जीवी खत्री, वडासदस्यद्वय खगेन्द्र खड्का, दिवस राई, सहजकर्ता देशराज नेम्बाङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा समितिका कोषाध्यक्ष कविता राईको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन सचिव निर्मला राईले गरेकी थिईन् ।

सम्बन्धित खवर