माईखोलामा पौडी खेल्नेक्रममा दुई बालकको डुबेर मृत्यु - Mangsebung News
  • आइतबार, असार ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माईखोलामा पौडी खेल्नेक्रममा दुई बालकको डुबेर मृत्यु

जेठ १०, इलाम । इलामको माइखोलामा पौडी खेल्नेक्रममा दुई बालकको मृत्यु भएको छ ।

माई नगरपालिका–८, बाँदरगाउँस्थित माइखोलामा पौडी खेल्नेक्रममा डुबेर स्थानीय विक्रम आङदेम्बे लिम्बूका छोरा ११ वर्षे मिङसोहाङ आङदेम्बे र राजेन्द्र आङदेम्बेका छोरा अन्दाजी नौ वर्षे किस्मन आङदेम्बेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मिङसोहाङलाई पानीमा फेला पारी उद्धार गरेर तत्काल उपचारका लागि स्थानीय मेडिकल लगिएको थियो । थप उपचारका लागि झापा बिर्तामोडको बिएन्डसी अस्पताल लैजानेक्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

यसैगरि किस्मनको पनि त्यही घटनामा खोजतलास गर्नेक्रममा इलामकै घिरलिङ भन्ने ठाउँमा पानीमा शव भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरूसँगै पौडी खेल्न गएका दुई जनाको उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बर्खामा जुनसुकै बेला खोलामा बाढी आउनसक्ने भएकाले आफ्ना बालबालिकालाई नदीनाला, खोला, पोखरीमा पौडी खेल्न नपठाउन पनि प्रहरीले सबैमा अनुरोध गरेको छ ।

सम्बन्धित खवर