माङसेबुङ १ मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन  - Mangsebung News
  • सोमबार, असार ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ १ मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन 

  • सङसेमी माङयुङ

जेठ १३, माङसेबुङ । इलामको माङसेबुङ १ गजुरमुखीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

शनिबार महिला गजुरमुखी बहुदेश्यीय शहकारी संस्थाको आयोजनामा र माङसेबुङ गाउँ पालिका वडा न. १ को सहयोगमा गजुरमुखी स्वास्थ्य चौकी माङसेबुङ १ मा निशुल्क शिविर सञ्चालन भएको हो ।


उक्त शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ डा. दिनेश मीत दमक अस्पतालबाट, दन्त रोग विशेषग्य डा. सरस्वती केसी मिराकल डेन्टल केयर एन्ड इम्प्लान्ट सेन्टर दमकबाट र जनरल फिजिसियन डा. अनुपम घिमिरे  दमक अस्पतालबाट उपलब्ध विशेषज्ञ डाक्टरहरुले सेवा दिएका थिए ।

माङसेबुङ वडा न. १ का वासिन्दालाई लक्षित गरेर सन्चालन गरिएको शिविरमा फाक्फोकथुम गाउपालिका ६ लुम्दे र देउमाई नगरपालिकाका वासिन्दाले समेत सेवा लिएको वडा अध्यक्ष भुपाल योङ्हाङले बताए ।


शिविरमा करिव ३ सय ५० जनाले सेवा लिएको सामाजिक परिचालिका कमला बुढाथोकीले बताएकी छन् ।

सम्बन्धित खवर