मञ्चका अध्यक्ष लिङदेनलाई मातृ शोक - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मञ्चका अध्यक्ष लिङदेनलाई मातृ शोक

जेठ १५, माङसेबुङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकको ममतामयी आमा गणेश कुमारी लावती लिम्बुको निधन भएको छ ।

मोरङको विरानगरस्थित विराट नर्सिङ् होममा उपचारको क्रममा आज(मंगलबार) विहान ७ बजेर ४५ मिनेटमा ८० बर्षको उमेरमा उनको निधन भएको हो ।

पाँचथरको लिम्बास्थित लुम्बाङदिनमा बिक्रम सम्बत २००१ सालमा जन्मनु भएकी लावती मानबहादुर लावतीका छोरी हुन् ।

मोरङको साविक टाँडी हाल मिक्लाजुङमा हरि लिङ्देनसँग विवाह बन्धनमा बाँधिएकी उनका दुई छोराहरु छन् । अध्यक्ष लिङ्देन र अर्का एक जना छोरा चन्द्र लिङ्देन रहेका छन् ।

पहिचान र लिम्बुवान आन्दोलनमा लामो समय देखि लागिरहेका लिङदेनको आमाको असामयिक निधनले पहिचानवादीहरुलाईठूलो क्षति पुगेको छ । सामाजिक संजालमा पहिचानवादी विभिन्न संघ संस्थाका प्रमुखहरुले अध्यक्ष लिङदेनप्रति सहानुभूति प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

मृतकको पार्थिव शरीरलाई भोलि जेठ १६ गते पाँचथरको मिक्लाजुङ ६ लिम्बास्थित लुम्बाङदिनमा पु¥याई अन्त्येष्टी गरिने मञ्चका महिला नेत्री दिलु लिङदेनले जनकारी दिएकी छन् ।

मञ्चका अध्यक्ष लिङदेनको आमाको दुःख निधन प्रति माङसेबुङन्युज डटकम परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

सम्बन्धित खवर