किरात धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमको भवन निर्माणकार्य ७० प्रतिशत सम्पन्न - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमको भवन निर्माणकार्य ७० प्रतिशत सम्पन्न

जेठ १७, तेह्रथुम । किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमको भवन निर्माणकार्य ७० प्रतिशत सम्पन्न भएको छ ।

तेह्रथुमको म्याङलुङ नगरपालिका वाड नं. १ मा रहेको यग्गेडाँडामा निर्माण भईरहेको सो भवनको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजना अन्र्तरगत २०८०÷०८१ सालको योजनामा ५० लाखको १७ प्रतिशतको बिलोमा काठमाण्डौंमा रहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीले ठेक्का पारेको थियो ।

ठेक्का पाए लगातै २०८० साल चैत्र १४ गतेबाट काम सुरू गरेको योजनालाई २०८१ सालको असार १५ गते सम्मनमा काम सम्पन्न गर्ने गरी कामलाई तीब्र रुपले अगाडी बढीरहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीका प्रोजेक्ट म्यानेजर सुबाश बाबुु मगरले बताए ।

भवनको काम ७० प्रतिशतले सम्मन्न भएको छ । बाँकी ३० प्रतिशत भवनको काममा मेसीनरी वाल, प्लास्टर र रङ रोगनको काम मात्र रहेको छ । सो कामलाई २०८१ साल असार १५ भित्रमा सम्मन्न हुने गरी काम धमाधम सन्चालन भईरहेको कम्पनीका प्रोजेक्ट म्यानेजर मगरले बताए ।

सम्बन्धित खवर