रतुवा खोलाले जिप बगाउँदा ३ वर्षे बालक सहित एक महिलाको मृत्यु - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रतुवा खोलाले जिप बगाउँदा ३ वर्षे बालक सहित एक महिलाको मृत्यु

जेठ २१, इलाम । झापाको दमकबाट इलामको माङसेबुङ लारूम्बा आउँदै गरेको डबल क्याप जिप (पिकप)लाई अचानक आएको रतुवा खोलाको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ ।

सोमबार इलामको चुलाचुली गाउँपालिका वडा ५ चपेटीमा रतुवा खोलाको बाढीले जिपलाई बगाउँदा ३ वर्षे बालक सहित एक महिलाको मृत्यु भएको हो ।

जिपमा सवार मध्ये २ जनाको शव फेला परेको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । मृत्यु हुनेमा माङसेबुङ ३ निवासी नेत्र नेम्बाङका ३ बर्षे छोरा नियन नेम्बाङ र ताप्लेजुङ घर भई हाल सुनसरी धरान बस्ने अन्दाजी वर्ष ३० की शर्मिला वनेम रहेका छन् ।

उक्त जिपमा चालक सहित ६ जना सवार थिए । ६ जना मध्ये ४ जनाको सकुसल उद्धार भएको र एक जनाको उपचार भईरहेको प्रहरीले बताए ।

घटनाको थप बिवरण आउन बाँकी छ ।

सम्बन्धित खवर