जेठ २५, माङसेबुङ । लिम्बू भाषा कक्षा १२ को परिक्षा सम्पन्न भएको छ ।
लिम्बू भाषा माध्यमिक शिक्षा बोर्डले जारी गरेको कक्षा ११ र १२ को परिक्षा तालिका अनुसार आज शुक्रबार कक्षा १२ को परीक्षा सम्पन्न भएको हो ।
इलामको माङसेबुङ ५ मा अवस्थित सरस्वती माध्यमिक बिधालयमा सम्पन्न परिक्षा केन्द्रमा २८ जना परिक्षार्थी रहेकोमा ७ जना छात्र र १७ जना छात्रा गरी २४ जना बिद्यार्थीले १२ कक्षाको परिक्षा लेखेका छन् ।
परीक्षामा पूर्वका विभिन्न जिल्लाबाट परिक्षार्थीहरु सहभागी भएको लिम्बू भाषा शिक्षक दिलबीर सेर्माले बताए ।
यसैगरी पान्थरको पृथ्वी माबि यासोक, खलंगाटार माबि याङनाम, सत्येहाङमा माबि इम्बुङ, ताप्लेजुङको सेवा माबि फक्ताङलुङ गाउँपालिका र मोरङको सरस्वती माध्यमिक बिधालय पाटी मोरङ लगायत सुनसरीमा समेत परिक्षा सम्पन्न भएको शिक्षक सेर्माले बताए ।
भोलि शनिबार कक्षा ११ को परीक्षा हुने जनाइएको छ ।